Logo

नर्भिकमा बाढी पहिरोको लागि बेग्लै उपचार युनिट



काठमाडौं । विगत केहि दिन देखिको लगातार बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोका घटना हरु आइरहेका छन् । देशका अधिकांश ठाउँमा पानी निरन्तर परिरहेका कारण थप बर्षाको र बाढी पहिरोको सम्भावनालाई मध्यनजर गर्दै नर्भिक अस्पताल थापाथलीले बाढी पहिरोमा परेर घाईते हुनेका लागि बेग्लै युनिट संचालन गरेको छ ।

बाढी र पहिरोमा परेर घाईते भएकाहरुको लागी सहज वातावरणमा उपचार उपलब्ध गराउना लागी अस्पतालले छुट्टै युनिट तयार गरेको हो । नर्भिकले तयार गरेको युनिटमा बाढीपहिरोमा परी घाइते भएकाहरुको स्तरीय उपचार हुनेछ ।

बाढी र पहिरोमा परि कसैले ज्यान गुमाउन नपरोस भन्दै यसप्रकारको मेडिकल युनिट तयार गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । नर्भिकमा कोभिड १९ का कारण बन्द रहेको ओपिडी सेवा पनि नर्भिकले शुरुवात गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्