Logo

मलाई यी १४ जनाले यौनशोषण गरे – अभिनेत्री रेवती संपत



काठमाडौं । भारतीय मलयालम चलचित्र जगतकी अभिनेत्री रेवती संपतले सामाजिक संजाल टिकटकमा स्ट्याटस लेख्दै १४ जना विरुद्द यौन हिंसाको आरोप लगाएकी छिन् ।

अभिनेत्रीले निर्देशक राजेश टचरिवर, अभिनेता सिद्दीकी, फोटोग्राफर आशिक माही, अभिनेता शिजु ए.आर, केरला फेसन वीकका संस्थापक अभिल देव, डक्टर अजय प्रभाकर, साइबल बुल एम.यसएसएस, सौरभ कृष्णन, डीवाईएफआई युनिट कमिटीका सदस्य नेदुमकाड, सब इन्सपेक्टर बीनुलगायत व्यक्ति  रहेका छन् ।

उनले आफ्नो समाजिक संजालमा साईवर स्पेसको माध्यमबाट यौन हिंसा गर्ने अपराधिहरुको नाम खुलासा गर्दैछु भने उनिहरुको नाम सार्वजनिक गरेकी हुन् । उनले सूचिमा समावेश अभिनेता सिद्दीकीलाई पहिला नै मुद्दा दायर गरेको तर कारबाही भने नभएको बताएकी छिन् ।

अभिनेत्री माथिनै यसरी यौनहिसां भएको भन्दै धेरैले चिन्ता र चासो पनि व्यक्त गरेका छन् ।भने कसैले पब्लिसिटि स्टन्ट भनेर ब्याख्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्