Logo

कथित अभियान्ता ज्वाला संग्रौला बिरुद्द मधेशी आयोगमा मुद्दा दायर,नश्लवादको खाडल खनेको आरोप



काठमाडौं । कथित सामाजिक अभियान्ताहरु बेला मौकामा चर्चामा जोडिन्छन् । पछिल्लो समय आफुलाई सामाजिक अभियान्ता भन्ने ज्वाला संग्रौला अनि ज्ञानेन्द्र शाही विवादमा मुसिए ।

ज्ञानेन्द्रलाई सुर्खेतमा आक्रमण गरियो ज्वाला भने महारागंजमा आक्रमक बनिन् । घटना झण्डै एक महिनाअघिको हो । थर्काउने अभियन्ता हुन् ज्वाला संग्रौला । राहत बाँड्न जाने सिलसिलामा महाराजगञ्जमा उनको प्रहरी सहायक निरीक्षक मणिकान्त झासँग लफडा भएको थियो ।

त्यसबेला ड्युटीमा रहेका झा उक्त घटना भएको एक साता नवित्दै महाराजगञ्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा सरुवा भएका थिए । भिडियोले सामाजिक संजाल नतातेको भए उनको सरुवा बदर नहुने धेरैको तर्क छ ।

पछिल्लो समय सामाजिक अभियान्ताका नामले फैलाउने कुसंस्कारले अभियान्ताको अस्तित्व नै अलप पारिदिएको विश्लेष्कहरुको दाबी छ । सामाजिक अभियान्ताका नाममा समाजमा नश्लवादको खाडाल पनि खनियो भनेर तर्क वितर्क पनि धेरै चल्ने गर्छ ।

ज्वालाको जातिय टिप्पणीले भने यसबेला मधेश दुखाएको छ । उनले प्रहरीमाथी गरेको टिप्पणीले मधेशको भावना र प्रहरीको आत्मासम्मानमा नै ठेस परेको भन्दै मधेशी आयोगमा उनिविरुद्द मुद्दा पनि दर्ता भएको छ । मधेशी आयोगले प्रारम्भिक अनुसन्धान थाले घटनाको बिषयमा प्रहरी प्रधान कार्यालयसँग पनि छलफल गरिसकेको  छ । अब उनिबिरुद्दको मुद्दा गृहमन्त्रालय सम्म पुग्ने छ ।

अब आयोगले प्रारम्भिक रुपमा छानविन गर्छ र गृह मन्त्रालयलाई सिफारिस तथा परिपत्र गर्छ । त्यसपछि गृह आफैले वा प्रहरी प्रधान कार्यालयमार्फत भए पनि कारवाही प्रक्रिया अघि बढाउने छ ।

प्रतिक्रिया दिनुहोस्