Logo

घट्यो भारतमा कोरोना संक्रमितको संख्यासँगै मृत्युदर



काठमाडौँ । भारतमा कोरोना संक्रमितको हरेक दिन मृत्यु हुने दरमा पनि कमि आएको छ ।

पछिल्लो २४ घण्टामा १५ सय ८७ जना संक्रमितको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि हरेक दिन ४ हजारको हाराहारीमा मृत्यु हुने गरेको थियो।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २० घण्टाको अवधिमा ८८ हजार ९ सय ७७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै २४ घण्टामा नयाँ संक्रमित थपिनेको संख्या ६२ हजार ४ सय ८० ।

हालसम्म भारतमा २ करोड ९७ लाख ६२ हजार ७ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ भने २ करोड ८५ लाख ८० हजार ६ सय ४७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

३ लाख ८३ हजार ४ सय ९० जनाले ज्यान गुमाएका छन्।

अहिले भारतमा ७ लाख ९८ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्