Logo

दुवै मिर्गौला फेल भएका पत्रकार ध्रुव बीसीलाई आर्थिक अभाव



काठमाण्डौ – दुवै मिर्गाैला फेल भएका अछामका पत्रकार ध्रुव बीसीलाई उपचारमा आर्थिक समस्या भएको छ । मिर्गाैला प्रत्यारोपणको तयारीमा रहेका बीसीलाई आर्थिक समस्या भएको हो । अछाममा रहेको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक बीसी एक वर्षदेखि डायलासिस गर्दै आउनुभएको छ ।

स्वदेश र विदेशका अनेक उपचार विधिहरु प्रयोग गर्दासमेत स्वास्थ्यमा सुधार नआएपछि अहिले मिर्गाैला प्रत्यारोपणको तयारी गरिएको बीसीले बताउनुभएको छ । पत्रकार बीसीले उपचारका क्रममा अहिलेसम्म १८ लाखभन्दा धेरै रकम खर्च गरिसक्नुभएको छ ।

तत्काल मिर्गाैला प्रत्यारोपण नगरे डाक्टरले ज्यान नै जोखिममा हुने बीसीलाई बताएका छन् । नयाँ मिर्गाैला फेर्नका लागि निकै ठूलो रकम आवश्यक पर्ने भएकोले आफूलाई सक्दो सहयोग गरेर जीवन रक्षा गरिदिन बीसीको आग्रह छ। उहाँले ध्रुव बीसीको नाममा आइएमी गरेर, ईसेवामार्फत र बैंक खातामार्फत सयोग गर्न सकिने बताउनुभएको छ ।

पत्रकार ध्रुव बीसीलाई नेपाल एसबीआई बैंकको भक्तपुर शाखाको खाता नम्बर २०७१५२४१४०५६५४, कृषि विकास बैंकको मङ्गलसेन अछाम शाखाको खाता नम्बर ०८२२६०११०९८४४०२६ मा सहयोग रकम जम्मा गर्न सकिनेछ । यस्तै ई–सेवा नम्बर ९८५११३०९६५ मा पनि सहयोग रकम जम्मा गर्न सकिने पत्रका बीसीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्