Logo

घरमूलीमाथि गोली प्रहार गरी डकैती, चार जनालाई यसरी बनाए घाइते



काठमाडौं । महोत्तरीको सम्सी गाउँपालिका १ पर्साबाजारमा डाँकाको समूहले राजीव ज्वेलर्सका सञ्चालक विरेन्द्र साहको घरमा डकैती गरेका छन् ।

प्रतिकार गर्न खोज्दा डाँका समूहले साहमाथि गोली प्रहार गरे भने परिवारका अन्य चार सदस्यलाई रडले हानेर घाइते बनाएका छन् ।

८र१० जनाको समूहमा पुगेका हतियारधारी डाँका समूहको आक्रमणबाट साहकी श्रीमती ४५ वर्षीया सुशीला, २५ वर्षीय छोरा शम्भु, २० वर्षीया छोरी कञ्चन र १७ वर्षीय छोरा राजीव घाइते छन् ।

साहको कम्मरमा गोली लागेको छ । उनलाई तत्कालै जनकपुर उपचारका लागि ल्याइएको थियो । तर यहाँ उपचार सम्भव नभएपछि धरान रेफर गरिएको छ । उनका परिवारका अन्य सदस्यहरुको भने जनकपुरको प्रादेशक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

डाँकाले साहको घरबाट १ सय ७२ तोला चाँदी, ५ तोला सुन र २ लाख रुपैयाँ लुटेर फरार भएका छन् । महोत्तरी प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्