Logo

गण्डकी मुख्यमन्त्री पोखरेलले थाले विश्वासको मत लिने तयारी



काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने तयारी थालेका छन् । उनि गत असार २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले मन्त्रीपरिषद् बिस्तार नगरी विश्वासको मत लिने तयारी गर्ने तयारी गरेका हुन् । उनले असार ४ गते विश्वासको मत लिने गरि तयारी थालेका हुन् ।

 विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनु पर्ने संवैधानिक ब्यवस्था भएकाले संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ । 

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिने प्रावधान अनुरुप उनले यो प्रक्रिया थालेका हुन् ।

यसअघि नै विश्वासको मत लिनु अघि गण्डकी प्रदेशमा नीति तथा कार्यक्रम पेश भईसकेको छ भने गण्डकीले बजेट पनि ल्याईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्