Logo

कसैको दुःख भुलाउन सक्नु नै कला हो- डोरेश खतिवडा



नेपालमा हास्यव्यङ्गको इतिहास धेरै पुरानो छ राजा प्रतापमल्लको पालमा शुरुवात गरिएको गाईजात्रा यसको उदहारण भन्न मिल्छ । शुरुवाती दिनमा मनाईने गाईजात्रा अहिले पनि हास्यव्यङ्ग गर्ने कलाकार हरुलाई पर्व नै हो यो पर्व निरन्तर सताव्दी अगाडीबाट चल्दै आएको छ । यहि ईतिहासमा हास्य व्यङ्गले समय फेर्यो विधा फेर्यो । 

यहि हास्य व्यङ्ग विधा अन्तर्गत पर्छ स्ट्याण्ड अप कमेडी अहिले लोकप्रिय र चर्चाको बिषय हो । डोरेस पनि यहि विधाका कलाकार हुन् । स्ट्याणड अप कमेडीयन डोरेश सँगको भलाकुसारीमा हामीले पनि डोरेश सँग बसेर नेपाली कमेडी बारे बुझ्न खोज्यौ , जान्न खोज्यौ

नेपालमा कमेडीको बजार छ ?

उनि जवाफ फर्काउछन् – कमेडीका पुराना केही हस्तिहरुले कमेडीको व्यापक वकालत गर्नुभयो उहाँहरुले खनेको बाटोमा नडगमगाई हिँड्न कठिन छ तर मेहनत गरे कमेडीको बजार नभएको चाहिँ होइन । नेपालमा कमेडी कला क्षेत्रमा करियर छैन भन्ने होइन तर करियर बनाउन भने अत्यान्तै चुनौती छ । राम्रो दर्शको माया पाएको कमेडीयनले पनि एक दुई बटा भिडियो वा स्टेज  शोमा दर्शकबाट रुचाईएन भने गुमनाम नै पनि हुन सकिन्छ । तर यी तमाम कठिनाईबाट निस्किएर आफ्नो छुट्टै पहिचान बनाउन सके नेपाली बजारमा स्थापित भइन्छ ।

अश्लिलता र कमेडी –

नेपालमा स्ट्याण्ड अप कमेडी खासै चर्चामा थिएन । तर डोरेश लगायतले काम गर्ने नेप ग्याजम कमेडी सो ले भने युट्युवमा तहल्कै मच्चायो डोरेश लगायतले नै नेपग्याजम चलायो भने पनि हुन्छ । त्यसपछाडी त झन नेपालमा हरेक टि.भि युट्युवमा स्ट्याण्ड अप कमेडीको लहर नै छायो । कत्ति कार्यक्रम सफल बने कत्ति चाहिँ आलोचनामात्र बटुलेर बाहिरिए । अश्लिलता पनि धेरै देखियो स्ट्याण्ड अप कमेडीमा । यहि विषयलाई जोडेर हामीले डोरेश सँग वुझ्न खोज्यौ ।

 के अश्लिल स्कृप्ट विना कमेडी नचल्ने हो ?

उनि भन्छन् समाजमा चल्ने किसिमको प्रस्तुतीले मानिसलाई मनोरञ्जन दिन्छ । समाज बुझेर स्कृप्ट बनाउदा सबैको माया पाईन्छ । डोरेश आफ्नो प्रस्तुतीमा समाजलाई अपाच्य हुने किसिमको स्कृप्ट राख्दैनन् त्यसैले पनि उनलाई दर्शकले खुव रुचाउँछन् ।

डोरेशको जीवन –

डोरेशले जीव विज्ञानमा स्नातक गरेका छन् । स्नातक सकेर बाँकी पढाइ सक्काउनलाई विदेश जान्छु भनेर ILTS GRE सबै कोर्स गर्न भ्याए डोरेशले । सबै क्षेत्रमा सफलता नमिलेपछि घर बाट सरकारी जागिर भनि दबाब आएको डोरेस बताउछन् । उनी सम्झन्छन् रुचि कमेडीमा थियो माया कमेडीलाई गर्थे अरु ठाउँ सफलता खोजेर कहाँ भेटिन्थ्यो र ।

कमेडीमा भने उनको सानै देखि रुचि रहेछ । स्कुलका कार्यक्रमा कमेडी गर्ने गरेको र हास्न हसाउन सानै बाट इच्छाको बिषय रहेको डोरेश बताउछन्

उनि भन्छन्  मानिसलाई हसाउन सके खुसि लाग्थ्यो पछि स्ट्याण्ड अप कमेडीको नाम सुने यो बिधा त मेरै लागि बनेको हो जस्तो लाग्यो उनले नेप ग्याजम भन्ने स्ट्याण अप कमेडीको एक कार्यक्रममा अडिसन दिए र शूरु भयो कमेडीको कथा ।

तरिका हो ?

कमेडीयन डोरेशको प्रस्तुती र स्कृप्ट सबैले मन पराउँथे तर उनलाई परिचित गरायो उनको एक तुक्काले ‘तरिका हो’ आज पनि रेस्टुरेन्ट चिया गफमा युवाहरु आफ्नो बाक्य पुरा गर्न अन्त्यमा तरिका हो जोड्ने गर्छन् । तरिका हो भन्दा कुरालाई थप साथ मिल्छ मिठास मिल्छ भन्छन् डोरेशका समर्थक । डोरेशले प्रचलित गराएको तरिका हो यति सम्म रुचाईयो कि टिसर्ट देखि खाने कप सम्म तरिका हो भनि अंकित गरियो ।

कोरोना महामारीका कारण अहिले डोरेस दर्शक माझ स्टेज सो प्रस्तुत गर्न सकेका छैनन् । तर सामाज प्रतिको दायित्व भने पुरा गरिरहेका छन् । डोरेश अहिले सामाजिक र राजनैतिक दुर्गन्धलाई बोकेर सामाजिक संजालबाट समाजको वकालत गर्छन् उनि  ‘यो तरिका होईन’ नाम राखि अभियाननै चलाउछन् छलाङ् नाम गरेको एक कम्पनीबाट डोरेश सामाजिक विकृती विसंगतीलाई खुलेर वकालत गर्छन् । धेरैले डोरेशको यो कदमलाई साथ दिएका छन् माया दिएका छन् । स्टेजमा पुंन फर्किएर सामाजिक कमेडीको माध्यमबाट सामाजिक बिषयको उत्थान गर्ने डोरेशको तयारी छ दर्शक पनि डोरेशको प्रस्तुती हर्न आतुर छन् ।

कमेडीयनको संघर्ष

डोरेस भन्छन् “मानिस एउटै कुराले धेरै पल्ट रुन सक्छ । हसाँउन भने त्यति सजिलो छैन । त्यसैले त प्रत्येक पटक स्टेजमा टेक्दा करियरलाई दाउमा राखेर जानुपर्दछ । अर्को तर्फ पारिवारिक इच्छ पनि कमेडी  भन्दा फरक रहेकै कारण धेरै समस्या बेहर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्