Logo

मुख्यमन्त्री नेपालीले मनाङको तालगाउँ जान सिडियोलाई निर्देशन



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मनाङ्गमा भएको वाढि पहिरो प्रभावित परिवारलाई तत्काल उद्दार तथा आवश्यक सहयोग गर्न सुरक्षा प्रशासनलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री नेपालीले स्थानीय प्रमुख जिल्ला अधिकारीसंग टेलिफोन संवाद गरि अबिरल बर्षाका कारण आएको बाढीले मनाङको तालगाउँ जान समेत भनेका छन् ।

उनले मानवीय तथा धनजनको क्षति न्युनिकरणका लागि कुनै कमि नगर्न निर्देशन दिएका छन् । वाढि, प्रकोप लयायत कुनै पनि विपदबाट नागरिकको जीवन रक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको जानकारि दिदैं उनले आवश्यक परे थप सहयोग गर्ने बताए । मुख्यमन्त्री नेपालीले प्रदेश भरिका सम्पुर्ण सुरक्षा प्रशासन र सरोकारवालाहरुलाई विशेष सुरक्षा सतर्कता अपनाउन र विपद न्यूनीकरणमा लाग्न समेत आग्रह गरेका छन् । सोमबारदेखि लगातर परेको झरीले मनाङ्गको चामे र नासो गाउँपालिकाका दर्जनौं घरहरु डुवानमा परेको र पहिरोले वगाएको स्थनीय प्रशासनले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्