Logo

१२ वर्षपछि सत्ताबाट बाहिरिए नेतान्याहू



काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पदमुक्त भएका छन् । पछिल्लो १२ वर्षसम्म इजरायली प्रधानमन्त्रीको रुपमा रहेका उनी संसदमा नयाँ गठबन्धनको सरकारको पक्षमा बहुमत आएसँगै पदबाट बाहिरिएको हो।

संसदमा नेतान्याहुको पक्षमा ५९ सांसदको समर्थन मिल्यो भने विपक्षी गठबन्धनका उम्मेदवारलाई ६० सांसदले मत दिए । तीव्र प्रतिस्पर्धाका कारण उनले अन्तिमसम्म पनि हार स्वीकार गरेका थिएनन् ।

अब उनी इजरायली संसदमा प्रतिपक्षी नेता एवं दक्षिणपन्थी लिकुड पार्टीको प्रमुखको रुपमा भने रहिरहने छन् ।

उल्लेखनीय कुरा यो छ कि नेतान्याहू सबैभन्दा लामो समय इजरायलको प्रधानमन्त्री बन्ने व्यक्ति बनेका छन् । उनी पाँच पटक इजरायलको प्रधानमन्त्री निर्वाचित भएका हुन् । पहिलो पटक उनी १९९६ सालदेखि १९९९ सम्म प्रधानमन्त्री रहे भने त्यसपछि २००९देखि अहिलेसम्म निरन्तर प्रधानमन्त्री बनेका थिए ।

६० प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बनेका छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्