Logo

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालमा भर्ना



काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी छातीमा समस्या देखिएपछि ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा भर्ना भएका छन् ।

अस्पताल स्रोतका अनुसार जोशीलाई निमोनिया देखिए पनि कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालले यसअघिदेखि नै जोशीको नियमित स्वास्थ्य परीक्षण गर्दै आएको थियो ।

‘हरेक महिना घरमै गएर उहाँको स्वास्थ्य परीक्षण गर्ने गरेका थियौं । यसपटक छातीमा समस्या देखिएकाले अस्पताल ल्याएका हौं,’ अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले भने , ‘अस्पतालमा भर्ना गरेर उहाँलाई क्याबिन डिलक्समा राखेर उपचार गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्