Logo

गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिकाद्वारा भ्याक्सिनका लागी वैज्ञानिकसमक्ष अनुरोध



अमेरीका । जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरका पदाधिकारीहरूले प्रसिद्ध अमेरीकी वैज्ञानिक डा. डेविड नलिन (Dr.David Nalin)  लाई उनको निवास वेस्ट चेस्टर पेन्सेल्भिनीयामा विशेष भेटघाट गरेका छन् ।

उनी ६० को दशकमा जीवनजलका आविष्कार वैज्ञानिकका साथै अमेरीकी सरकारको स्वास्थ्य र अनुसंधान सम्बन्धि उच्च सेवामा रही लामो समयसम्म काम गरेका बैज्ञानिक हुन् ।

फाउन्डेशनका अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरे,उपाध्यक्ष सुवर्ण लामा र कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारीले उनलाई भेटी वर्तमान जटिल अवस्थामा नेपाल र नेपाली जनताको ध्यान कोभिड नियंत्रणमा हुनुपर्ने र सोका लागी अमेरीकी सरकारका तर्फवाट नेपाललाई भ्याक्सिन उपलब्ध गराईदिन विशेष पहल गरिदिन आग्रह गरेका छन् ।

अध्यक्ष घिमीरेले उनी जस्तो नेपाल बुझेको र आफ्नो जीवनकालमा ४७ पटक नेपाल भ्रमण गरी तत्कालीन राजा, प्रधानमंत्री एवं शासकहरूसँग लामो उठवस एवं ग्रामीणदेखी शहरी जनजीवनसँग साक्षात्कार वैज्ञानिकले अमेरीकन सरकारलाई वस्तुस्थिती दर्शाउँदा अमेरीकन सरकारको गम्भीर ध्यानाकर्षण हुनेकुरामा जोड दिँदै सोका निमित्त पहल गरिदिन आग्रह गरे । उपाध्यक्ष सुवर्ण लामाले अनुरोध गर्दै आज नेपाल पीडामा हुँदा तपाईंको चित्त दुख्नु स्वाभाविक हो र से को समाधानको लागी यहाँजस्तो वैज्ञानिकको सहयोगको खाँचों रहेको कुरामा जोड दिए भने प्रवक्ता रामचन्द्र अधिकारीले यो समयमा फाईजर र मोर्डेनाजस्ता कम्पनी हरूका खोप यथाशीघ्र नेपाल पठाई कोरोना संक्रमण रोकथाम गर्न फाउन्डेशन लागी परेको र उनीजस्तो वैज्ञानिकले पहल गरीदिएमा अवस्य खोप पाउने आशा व्यक्त गरे । पत्रकार मुकुन्द सुवेदीले उनी वास्तवमा यस युगको महान वैज्ञानिक भएको र उनले चालेको कदममा अमेरिकी सरकारले समेत नाईं भन्न नसक्ने हुँदा खोपका निमित्त पहल गरिदिन विशेष अनुरोध गरे ।

कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको अनुरोध सुनेपछी वैज्ञानिक डेविड नलिनले भने, यस्तो पुण्य र मानवीय कार्यमा मेरो पुरा साथ सहयोग र सरकारको ध्यानाकर्षण गरी भ्याक्सिन उपलब्ध गराउन अनुरोध हुनेछ भनि विश्वास दिलाए । उनले आफुले देखे भोगेको नेपाल र नेपालीप्रती माया, सदभाव र स्नेह दर्शाऊँदै उनीहरूको जीवन रक्षाको लागी अमेरीकी नेपाली समुदायसँग मिलेर कदम चाल्न आफु तयार रहेको विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्