Logo

मधेशको राजनिति नयाँ ‘समीकरण’को बाटोमा



संघीय राजनीतिको ‘उठापटक’ सँगै मधेश, त्यसमा पनि खास गरी प्रदेश २, को राजनीति प्रभावित हुन पुगेको छ । निश्चय पनि प्रदेश २ का मतदाताका लागि प्रदेशको पछिल्लो राजनीतिक अवस्था बडो रुचिपूर्ण हुने देखिएको छ । प्रदेशको विद्यमान राजनीतिका सम्बन्धमा यसै पत्रिकाको जेठ १४ गतेको अंकमा यस पंक्तिकारको विचार ९लेख० प्रकाशित छ । पंक्तिकारले त्यस लेखमा संकेत गरेजस्तै अहिले यस प्रदेशमा राजनीतिक अवस्था उपस्थित हुन पुगेको छ । वर्तमानको परिवर्तित राजनीतिक अवस्थासँगै मधेश अहिले एकपटक पुनः नेपाली राजनीतिक वृत्तमा ‘हट केक’ को अवस्थामा विराजमान हुन पुगेको छ । वर्तमानको संघीय सरकारको नेतृत्व गरिरहेका के पी ओलीको समर्थन र विरोध गर्ने वहानामा करिव विभाजनको अवस्थामा पुगेको प्रदेशको सत्ताधारी दल जनता समाजवादी पार्टी ९जसपा०मा विग्रहको सिर्जना भएको छ । यस दलको पछिल्लो अवस्थाको विश्लेषण गरेका खण्डमा उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको पुरानो संघीय समाजवादी पार्टी ९ससपा० र महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनता पार्टी ९राजपा० मानसिकरुपमा अलग अलग स्थितिमा छन् । ससपा प्रधानमन्त्री ओलीविरुद्धका गठवन्धनमा समाहित छ भने राजपाले ओलीलाई काँध थापेको छ ।

यो विवादका सन्दर्भमा दुबै पक्षले एकअर्कालाई कार्यवाही गर्ने कार्य गरिरहेका छन् तर कसैले पनि पार्टीको औपचारिक विभाजन भने गरेका छैनन् । शायद विभाजनको आँट गर्न सकेका छैनन् । अब यो विवादको पूरापूरा प्रभाव प्रदेश २ र यहाँको सरकारमाथि परेको छ । प्रदेश २ को सभामा प्राविधिकरुपले उपेन्द्र– बाबुराम समूहको वहुमत छ । यस कारणले सरकारको नेतृत्व पनि यसै समूहले गरिरहेको छ । जसपाभित्रको आन्तरिक विवाद चुलिएसँगै सकारको नेतृत्वकारी समूहले महन्थ–राजेन्द समूह अर्थात् पुरानो राजपा समूहका चारजना मन्त्रीको जागीर खोसेको छ र तिनलाई सरकारबाहिरको बाटो देखाएको छ । लगत्तै बुधवार कांग्रेसका तीन र माओवादीका दुईनालाई प्रदेशमा मन्त्री बनाइने सहमति सार्वजनिक भयो । यसअनुसार प्रमुख पूतिपक्षी कांग्रेस प्रदेश संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र विरेन्द्र सिंहले बुधवार अबेर राती मन्त्री पदको शपथग्रहण गरे । यो आलेख तयार गरुञ्जेलसम्म माओवादीको भने टुंगो लागिसकेको छैन । यससँगै जसपामा औपचारिक विभाजन नआउञ्जेल प्रदेशमा अब नेकपा एमाले औपचारिकरुपमा प्रमुख प्रतिपक्ष बन्ने निश्चित छ । निश्चय पनि यो अवस्था सिर्जना हुनुमा जसपाको विवादको चरमोत्कर्षलाई मूल कारक मान्न सकिन्छ । र यसैका साथ प्रदेशमा नयाँ राजनीतिक समीकरणको मार्ग प्रशस्त भएको निष्कर्ष निकाल्न सकिन्छ । वर्तमानको अवस्थाले निरन्तरता पाएका खण्डमा भविष्यमा यस प्रदेशमा ओली नेतृत्वको एमाले, पुरानो राजपा, कमल थापा नेतृत्वको राप्रपासहितको समीकरण बन्न सक्ने छ । यस समीकरणमा सिके राउतको समूह पनि संलग्न हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।

यस्तै नेपाली कांग्रेस, पुरानो ससपा, माधव–झलनाथ नेतृत्वको एमाले, माओवादी केन्दलगायतका राजनीतिक समूहको नयाँ गठवन्धन बन्न सक्ने सम्भावन छ । यसबीचमा यस प्रदेशमा सामान्य नै भए पनि विवेकशील साझा पार्टीले पनि आफ्नो संगठन विस्तार गरेको छ । यो समूह एक्लै रहे पनि अथवा माथि उल्लेख गरिएका कुनै समीकरणमा मिसिँदा यसले केही परिणाम प्रभावित गर्ने पक्का छ । निकट भविष्यमा स्थानीय चुनाव सन्निकट छ । निश्चय पनि भविष्यको राजनीतिमा विकसित हुने सम्भावना रहेका उपर्युक्त समीकरणको प्रभाव मधेशमा नयाँ ढंगले पर्नेछ । भनिन्छ, राजनीतिमा केही पनि कुरा असम्भव हुँदैन र समीकरण निर्माणको आधार जायज वा नाजायज हुँदैन । यसो हुँदो हो त जसपामा विग्रह नै आउँदैनथ्यो होला । हिजो जो एकअर्काका विरुद्ध चुनावमा प्रतिस्पर्धी थिए र एकअर्काविरुद्ध गालीगलौचको शैलीमा प्रस्तुत् हुन्थे तिनका बीच आज नयाँ समीकरण बन्ने र सरकारमै सहभागी हुनेसम्मको अवस्थाको सिर्जना हुँदैनथ्यो होला । राजनीतिमा एयटा अर्को भ्रम पनि छ कि जनताको स्मृति सँधै ताजा रहँदन र उनीहरु बडो छिटो विर्सन्छन् । यो कुरा सोह्रै आना गलत हो । हिजो मधेशमा चुनाव लडदा कांग्रेस र मधेशवादी दलहरुले एकअर्काविरुद्ध आरोप प्रत्यारोप गर्दा समाजमा नकारात्मक अशर पगेको र अनेकौ घर परिवार विथोलिएको कुरा मतदाताले यति छिटो कसरी विर्सलान रु तात्कालीन एमाले र राजपाका नेताले एकार्काविरुद्ध गरेको विष वमनको प्रभाव मधेशका समाजमा अझ पनि छ । नाकावन्दीको समर्थन र विरोधको तुस अझै विद्यमान छ । उग्रराष्ट्रवाद र गैरराष्ट्रवादको प्रलापबाट समाज अझै प्रभावित छ ।

मतदाताले यी अवस्थालाई कसरी यति छिटै विस्मृतिमा पुर्याउन सक्छन् रु यी समीकरण यथावत रहने हो भने अबको सन्दर्भमा मधेशको नयाँ मुद्दा के हुने रु र त्यसको निकर््यौल कसले गर्ने रु प्रश्नहरु त निकै गम्भीर छन् । सर्वाधिक चुनौतीपूर्ण अवस्था त नेपाली कांग्रेसका लागि उपस्थित हुने सम्भावना विकसित हुँदैछ, यसलाई नकार्न सकिन्न । मधेशको रैथाने पार्टी मानिने नेपाली कांग्रेस आज उपेन्द्र–बाबुराम अर्थात मधेशवादी दलको बुई चढेर जनमत सम्बद्र्धनको प्रयास गर्न चाहनछ भने त्यसलाई कसरी बुझ्ने रु यस पृष्ठभूमीमा मधेशको वर्तमान अवस्थाबारे थोरै थप विश्लेषण गर्नु अपरिहार्य छ । नेपालका राजनीतिक दल मधेश, मधेशको विकास, मधेशका जनताको हकहीतप्रति कति सरोकार राख्दछन् त्यो विश्लेषणको अर्को पाटो हुन सक्छ । इमानदार र प्रतिबद्ध मतदाताका रुपमा मधेशका जनता भने सबै दललाई चाहिएको छ, यो यथार्थ हो । नेपालको कूल मतदाताको आधाभन्दा बढी हिस्सा ओगट्ने मधेश आफ्नो यही रणनीतिक महत्वका कारण सबै राजनीतिक दलका लागि आधारभूत रुपमा प्रयुक्त हुने अवस्थामा छ । नेपाली कांग्रेस, एमाले, राप्रपा र सद्भावना पार्टी ९टूट फूटपछि वर्तमानमा अनेकरुपमा अस्तित्वमा रहेका० लगायतका परम्परावादी शक्तिका साथै विगतको ६२÷६३ जनआन्दोलन र मधेश आन्दोनपछि मूलधारमा आएका तात्कालीन नेकपा माओवादी र मधेशी जनाधिकार फोरमलगायतका मधेशकेन्द्रित दल ९यी दुबै पार्टीको अहिले पृथक अस्तित्व छैन ० सबैका लागि मधेश यतिखेर क्रिडाभूमी बनिरहेको छ । यसै श्रेणीमा अब जनमत र विवेकशील साझा पार्टी पनि थपिएका छन् । तर सत्य के हो भने मधेशका आकांक्षा अहिले पनि अपुरै छन् । विकास ओरालो लागेको लाग्यै छ । मानवाधिकारको अवस्था टीठलाग्दो छ । काठमाडौकेन्द्रित संघीय सत्ता अनुदार देखिएको छ, प्रदेशमा रोजगारी उपलब्ध हुन सकेको छैन ।

खाडीका देशमा रोजगारीका नाममा पलायन हुनेमा सबैभन्दा बढी मधेशकै वासिन्दा छन् । समावेशीका नाममा केही नाम त प्रयोग हुने अवस्था छ तर अधिकांश भने अझै सम्मानको खोजीमा छन् । राज्यका निकायमा उपस्थिति न्यून छ । यस स्थितिलाई केहीले मधेस राजनीतिको लाचारीको संज्ञा दिने गरेका छन् भने केहीले यसलाई किंकर्तव्यविमूढताको जामा पहिर्याउने गरेका छन् । मधेशमा यस्ता थुप्रै मुद्दा अस्तित्वमा छन् । जे होस, यी मुद्दाहरुको उपस्थितिमा मधेश यतिखेर राजनीतिक संक्रमणमै छ भन्न सकिन्छ, यो सत्य हो । मधेशका नाममा विगतमा चुनावमा सहभागी भएर विजय हासिल गरेको तात्कालीन ‘फोरम’ र छ वटा राजनीतिक दलको गठवन्धन ‘राजपा’ को अहिले प्रदेश दुईमा मिलिजुली सरकार क्रियाशील थियो र पछि यी पार्टीबीच जसपा का रुपमा एकीकरण पनि भयो तर यो एकीकरण दीर्घ र टीकाउ हुन सकेन । नेताहरु सत्तामुखी हुँदा मधेशका मुद्दा एकपटक पनः ओझेलमा परेभन्दा असंगत ठहरिन्न । एउटा कुरा त निश्चित छ, पछिल्ला दिनमा नेपाली राजनीतिमा देखिएको दलहरुबीचको नयाँ सरचनाले नेपाली राजनीतिलाई नयाँ ढंगले प्रभावित गर्नेछ । विगतमा मधेशको राजनीतिमा जोड घटाउका दृष्टिकोणले एक महत्वपूर्ण खेलाडी मानिँदै आएको तात्कालीन नेकपा ९माओवादी०को अहिले सशक्त अस्तित्व छैन । एमाले र जसपा विभाजित अवस्थामा छन् । नेपाली कांग्रेस उपेन्द्र यादवसँग जोडिन पुगेको छ । यसै गरी मधेशको राजनीतिमा खासै महत्वपूर्ण उपस्थिति नरहेको तात्कालीन नयाँ शक्ति पार्टीका बाबुराम उपेन्द्रकै भरमा मधेशमा आफ्नो अस्तित्व खोजिरहेका छन् । जे पी गुप्ताको तराई मधेश राष्ट्रिय ९तमरा० अभियानको गति अहिले सुस्तजस्तो देखिएको छ ।

यस्तै विगतको निर्वाचनमा ‘कोठा बाहिर’ मतदान गर्न स्थानीय मतदातालाई उत्प्रेरित गर्ने राउत अहिले नयाँ पार्टीको कलेवरमा प्रस्तुत् भएका छन् । यी केही यस्ता अवस्था हुन् जसले मधेशको राजनीतिलाई नयाँ ढंगले प्रभावित गर्ने हैसियत राख्दछन् । भविष्यमा यसको परिणाम कस्तो र कुनरुपमा देखिनेछ, त्यसका लागि केही समय प्रतिक्षा गरौं । जुनसकै समीकरणको उपस्थितिमा पनि एउटा कुरा निीश्चत छ, कांग्रेस सत्तामा गएपछि होशियार नहुने हो भने, तीन वर्षभन्दा बढी समय सत्ताबाहिर रहेर जोगाएको साख र जनताबाट प्राप्त गरेको सहानुभूति, क्षणभरमै धरमरमा पर्न सक्छ ।जनकपुरटुडेबाट

प्रतिक्रिया दिनुहोस्