Logo

गण्डकी प्रदेशमा ढल्यो गुरुङको सरकार



काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन असफल भएका छन् । आज प्रदेशसभामा उनले विश्वासको मतको निम्ती पेश गरेको विश्वासको मतको निवेदन अस्वीकृत भएको हो ।

सभामुख नेत्रनाथ अधिकारीले गुरुङलाई विश्वासको मत मिल्न नसकेको सावित गर्दै उनको पक्षमा २७ मत परेको छ । त्यस्तै विपक्षमा ३० मत परेको घोषणा गरेका छन् ।

जम्मा उपस्थित ५८ जनामध्ये मतदान ५७ जनाले गरेको उनले बताए । यो सँगै सुब्बा नेतृत्वको यो सरकार ढलेको छ । अब नयाँ सरकारको प्रक्रिया शुरू हुन्छ ।

प्रतिक्रिया दिनुहोस्