Logo

बिहीबार थपिए ३ हजार ७४९ कोरोना संक्रमित, ५९ जनाको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९०१ पीसीआर परीक्षणबाट २ हजार ८ सय ७४ र ५ हजार ३ सय ३७ एन्टिजेन परीक्षणबाट ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५९ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७७ हजार ८५८ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्