Logo

कोभिडका कारण बाबु–आमा गुमाएका बालबालिकाहरुलाई सरकारले मासिक तीन हजार भत्ता दिने



काठमाडौँ । वाग्मती प्रदेश सरकारले कोरोना भाइरसका कारण बाबु–आमा गुमाएका बालबालिकाहरुलाई मासिक तीन हजार रुपैयाँका दरले शैक्षिक भत्ता उपलब्ध गराउने भएको छ । बिहीबार प्रदेशसभामा वाग्मती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले उक्त घोषणा गरेका हुन् ।

कोरोना प्रभावित अर्थतन्त्रलाई उत्थान गर्न पुनरुत्थान कोष ल्याउने उनले जानकारी दिएका छन् । उनले भने “कोरोना प्रभावित अर्थतन्त्रलाई उत्थान गर्न पुनरुत्थान कोष ल्याउने र सहुलियतपूर्ण ऋण कार्यक्रमलाई निरन्तरता दिइने छ ।”

प्रतिक्रिया दिनुहोस्