Logo

कसरी भए गृहमन्त्रीमा महेश बस्नेत ‘आउट’ र खगराज अधिकारी ‘इन’



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बिस्तारमा गृहमन्त्रीका मुख्य दावेदार महेश बस्नेतलाई समाबेश नगरेपछि बस्नेत प्रधानमन्त्रीका सल्लाहकारहरु प्रति आक्रोशित भएका छन् । आफु निकट नेताहरुलाई आफुलाई गृहमन्त्री हुनबाट रोकेकोमा राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईप्रति आक्रोशित भएका छन् ।

शुक्रवार नै बस्नेतलाई गृहमन्त्री बनाउने तयारी गरेका प्रधानमन्त्री ओलीलाई ईश्वर पोखरेल, रिमाल र भट्टराईले रोकेको बालुवाटार श्रोत बताएको छ । गृहमन्त्री हुने पक्का भएका बस्नेतलाई रोक्न ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले महेशलाई गृहमन्त्री बन्न नदिन ठूलो भूमिका खेलेका थिए ।

उनीहरुले पुर्वमाओवादीका नेता राम बहादुर थापा बादल सहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई गुहारेपछि भण्डारीले समेत भूमिका खेलेको बुझिएको छ । भण्डारीले बिगत राजनिति इतिहास सम्झाउदै प्रधानमन्त्री ओलीलाई गण्डकीका सहइन्र्चाज समेत बन्न नदिएका साँसद खगराज अधिकारीलाई गृहमन्त्री बनाउन दवाव दिएको श्रोतले बताउछ ।

प्रतिक्रिया दिनुहोस्