Logo

ट्विटर ट्रेन्डिङमा भाषा पास गरि कोरिया जान नपाउनेका पिडा



काठमाडौं । कोरियन भाषा ईपिएस पास गरेका र कोरिया जान नपाएका युवाहरुको आवाज सामाजिक संजाल ट्विटरमा गुञ्जिएको छ । उनिहरुले ट्विटर मार्फत दबाबमूलक अभियान संचालन गरेको छन् । उनिहरुको यो अभियान ट्विटरमा ट्रेन्डिङमा छन् । आफ्नो पीडाहरु (#justiceforepspasser) ह्यासट्याग प्रयोग गरेर दबाब दिदै पोखिरहेका छन् । उनिहरुले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई ट्विटरमा मेन्सन गर्ने गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै कूटनीतिक पहल गरी रोकिएका कामदारहरूको माग पूरा गर्न समेत आग्रह गरिसकेका छन् । हाल १० हजार भन्दा बढि इपिएस पास गरेका युवा कोरिया जान पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्