Logo

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ ग्रहण (मन्त्रीको नामावलीसहित)



काठमाडौँ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमालेबाट ६ मन्त्री र १ राज्यमन्त्रीसहित ७ जना र जनता समाजवादी पार्टी, नेपालको महन्थ–राजेन्द्र पक्षबाट एक जना गरी ८ जनालाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको शपथ आज अपराह्न ४ बजे तय भएको बालुवाटार स्रोतले जनाएको छ ।

नवनियुक्त मन्त्रीहरुमा
१.खगराज अधिकारी -गृह मन्त्री
२.नैनकला थापा -सञ्चार मन्त्री
३. गणेश पहाडी -सामान्य प्रशासन
४. ज्वालाकुमारी साह -कृषि मन्त्री
५. राजकिशोर यादव -उद्योग मन्त्री
६. नारदमुनी राना -वन मन्त्री
७. मोहन बानियाँ -प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
८. आशा विक -वन राज्य मन्त्री

प्रतिक्रिया दिनुहोस्