Logo

सुनको मूल्य ३ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

बुधबारको तुलनामा बिहीबार सुन तोलाको ३०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ, तेजावी ९३ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३५५ रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन तोलाको ९४ हजार २०० रुपैयाँ, तेजावी ९३ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्