Logo

आज ४ वटा प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै



काठमाडौं । आज प्रदेशसभाका ४ वटा प्रदेशहरुमा बजेट सम्बन्धी नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । केन्द्रिय राजनीतिले पोलिएलो प्रदेशसभामा आज प्रदेश १ प्रदेश २ बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको छ ।  

प्रदेश १ मा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपरान्ह ३ बजे बस्ने प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत रहने गरि जनता समाजवादी पार्टीले माओवादी र कांग्रेससँग सत्ता साझेदारीको सहमती गरेसँगै बजेट सजिलै प्रदेश सभाबाट पास हुने देखिएको छ ।

बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईंले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका छन् ।  मुख्यमन्त्री डोरमणि पौडेलको सरकार अल्पमतमा रहेको दाबी गर्दै नीति तथा कार्यक्रम पारित गर्न नदिने विपक्षीको अडान छ ।

प्रदेश ४ मा भर्खरै विश्वासको मत लिएका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार भएका कारण सुदूरपश्चिममा पनि नीति तथा कार्यक्रम पेस गर्दा बजेटमा कुनै बाधा व्यवधान नआउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्