Logo

मनाङेले बाटो फेरेपछि गण्डकी सरकार संकटमा



काठमाडौं । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वि सुब्बा गुरुङको सरकार संकटमा परेको छ । आज प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले विश्वासको मत लिने दिन छ ।

यसअघि वैशाख २९ गते मुख्यमन्त्रि भएका उनले संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । यदि पृथ्वि सुब्बा गुरुङ्ले विश्वासको मत लिन सकेनन् भने उनि पदमुक्त हुने छन् र नयाँ मुख्यमन्त्री चयनको हुनेछन् ।

यस अघिसम्म एमालेको पक्षमा दखिएका स्वतन्त्र उमेरद्वार दिपक मनाङ्गे ले भने अन्तिम अवस्थामा वोली फरेका छन् । उनले मतदान गर्दा विपक्षी गठबन्धनलाई मत दिएर सरकार ढलाउने भनेसँगै गण्डकी प्रदेशसभामा पृथ्वी सुब्बा गुरुङ्को सरकार ढल्ने देखिएको छ ।

यदि मनाङेले विपक्षी गठबन्धनलाई मत दिएमा कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्न सक्छन् ।

प्रदेश सभाको अंकगणित हेर्ने हो भने ६० सदस्य रहेको प्रदेशसभामा एमालेसँग १ स्वतन्त्र सहित २७ सांसद् छन् । मुख्यमन्त्री गुरुङलाई विश्वासको मत पुग्न नदिन विपक्षमा मतदान गर्नु भनेर विपक्षी गठबन्धनले ह्वीप जारी गरिसकेका छन् ।विपक्षी गठबन्धनमा कांग्रेसका १५ माओवादीका ११ (सभामुख बाहेक) राष्ट्रिय जनमोर्चका ३ र जसपाका २ सांसद गरि ३१ जना रहेका छन् ।

अदालतबाट पुनर्वहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्ने भएका छन् । राजमोका अन्य दुई सांसद विपक्षी गठबन्धनको पक्षमा उभिएका छन् । यसो गर्दा विपक्षी गठबन्धनको ३१ मत पुग्ने देखिन्छ जो सरकार ढाल्नका लागि पर्याप्त छ ।

प्रतिक्रिया दिनुहोस्