Logo

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत पेस गर्ने, के बिश्वासको मत पाउलान् ? (गण्डकीको अंकगणित सहित)



काठमाडौं । गण्डकी प्रदेशमा आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत समबन्धी प्रस्ताव पेस गर्दैछन् । यसअघि वैशाख २९ गते मुख्यमन्त्रि भएका उनले संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । यदि पृथ्वि सुब्बा गुरुङ्ले विश्वासको मत लिन सकेनन् भने उनि पदमुक्त हुने छन् र नयाँ मुख्यमन्त्री चयनको हुनेछन् ।

प्रदेश सभाको अंकगणित हेर्ने हो भने ६० सदस्य रहेको प्रदेशसभामा एमालेसँग १ स्वतन्त्र सहित २८ सांसद् छन् । मुख्यमन्त्री गुरुङलाई विश्वासको मत पुग्न नदिन विपक्षमा मतदान गर्नु भनेर विपक्षी गठबन्धनले ह्वीप जारी गरिसकेका छन् ।विपक्षी गठबन्धनमा कांग्रेसका १५ माओवादीका ११ (सभामुख बाहेक) राष्ट्रिय जनमोर्चका ३ र जसपाका २ सांसद गरि ३१ जना रहेका छन् ।

तर जनमोर्चाका सांसद कृष्ण थापा सुरुदेखि नै वर्तमान सरकारलाई सहयोग गर्नुपर्ने पक्षमा रहेका छन् कृष्ण थापाले फ्लोर क्रस गरे गुरुङ् को पक्षमा एक मत बढ्ने देखिन्छ । कृष्णथापाको पार्टीभित्रको विवाद हेर्दा उनले फ्लोर क्रस गर्ने पक्का पक्की हो ।

अब गण्डकीमा सत्तारुढ एमालेलाई विश्वासको मत लिन २ सांसद आवश्यक हुने देखिन्छ । कृष्ण थापाले ह्वीप उल्लङ्घन गरेमात्र पनि गुरुङ्को विपक्षमा मत पुग्ने हुन्छ । मुख्य मन्त्री पद जोगाउनलाई विपक्षीका थप सांसदले पार्टीको ह्वीप उल्लङ्घन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्