Logo

राष्ट्रपतिलाई सक्रिय हुन प्रधानमन्त्री ओलीको दवाव



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारीसंग सँग दुई घन्टा लामो छलफल गरेका छन् । संसद्‌बिरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको छ। आफ्ना पार्टीका नेताहरूसँग निरन्तर छलफलमा रहेका ओलीले बुधबार साँझ करिब २ घण्टा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका शीतल निवास स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीले पार्टी एकता गर्न सक्रिय हुन राष्ट्रपति बिद्यादेवी भण्डारीलाई आग्रह गरेको शीतल निवास स्रोतले जनाएको छ। स्रोतका अनुसार साढे ७ बजे शीतलनिवास छिरेका ओली ९ बजेर ५५ मिनेटमा बाहिरिएका थिए। ओलीको संसद् विघटनको सिफारिस राष्ट्रपति भण्डारीले जेठ ७ गते अनुमोदन गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्