Logo

सञ्चारकर्मी पाण्डे पुगिन् राहात लिएर मायादेवी गाउँपालिकामा



बुटवल । मायादेवी गाउँपालिका ३ का कोरोना महामारी र निषेधाज्ञाको मारमा परेका परिवारलाई राहात वितरण गरेका छन् । मायादेवी गाउँपालिका ३ मा रहेको मद्रशाकि प्राचार्य बेलमाया सुवेदीले श्रम गरेर जिविकोपार्जन गर्ने श्रमिकहरुलाई खाद्यन्न अभाव भएको खबर गरेपछि नेपाल प्रेस युनियन रुपन्देही शाखा कार्यसमिति सदस्य कमला पाण्डे (हरिकला) सहितको समुह खाद्यन्न सहित मायादेवी गाउँपालिका ३ मा पुगेर राहात बितरण गरेका हुन । पत्रकार महासंघ रुपन्देहीको सदस्य समेत रहेकी पाण्डेले निषेधाज्ञाको मारमा परेका ३० घरपरिवारलाई राहत दिएको बताइएको छ ।

लकडाउनले घरबाट बाहिर निस्कन समेत नपाएका मजदुरहरुलाई २० केजी चामल ,३ केजी दाल, २ लिटर तेल, २ केजी नुन, ५ केजी आलु, २ केजी चिउरा लगाएतका खाद्य सामाग्री घरमै पुगेर दिएकी हुन । रेडियो नमस्तेको स्टेशन म्यानेजर समेत रहेकी पाण्डेको राहात बितरण गर्ने काममा नेपाली कांग्रेस संगठन विभाग सदस्य कल्याण पौडेल, महिला विभाग जिल्ला सदस्य यादा क्षेत्री, प्रशासन विभाग सदस्य हिरा पौडेल, समाजसेवी रमेश गैरे, रमेस पाण्डे, विनोद न्यौपाने लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्