Logo

स्रोत नखुलेको ३० लाख रुपैयाँसहित दुई जना भारतीय नागरिक प्रहरी नियन्त्रणमा



वीरगञ्ज । स्रोत नखुलेको ३० लाख ७६ हजार रकमसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घोडासहन बस्ने २२ वर्षीय बन्टीकुमार कलवार र २० वर्षीय सुरज कलवार रहेका छन् । उनीहरुलाई रौतहट प्रहरीले पक्राउ गरेको जनाएको छ।

उनीहरुलाई रौतहटको परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापस्थित नेपाल–भारत सीमाबाट उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ बीआर ०५ आर ४२५१ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनीहरुले बोकेको झोलाबाट ३० लाख ७६ हजार स्रोत नखुलेको रकम बरामद गरिएको रौतहटका प्रहरी प्रवता एवं प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका छन् ।

रकमसहित दुबैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्