Logo

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको पुनर्वहाली जायज छैन भन्दै सभामुख अधिकारीको सर्वोच्चमा निवेदन



सर्वोच्च अदालतले गण्डकी प्रदेश सभाका सांसद् कृष्ण थापालाई संसद् पुर्नवाहाली गर्ने आदेश दिएको केहि दिन नबित्दै गण्डकी प्रदेशका सभामुख नेत्रराज अधिकारी पुर्नवहाली खरेज गरियोस भन्ने निवेदन बोकेर सर्वोच्च अदालत पुगेका छन् ।

प्रदेशसभाले राष्ट्रिय जनमोर्चा पार्टीका नेता कृष्ण थापालाई गरेको कारबाही वैधानिक भएका कारण पुर्नवहाली गर्न नमिल्ने अधिकारीको तर्क छ । सोहिकारण आदेश बदर माग गर्दै भ्याकेटको निवेदन दिएका हुन् ।

सर्वोच्चको आदेशमा जनमोर्चा र प्रदेश सभा सचिवालयको दुईवटा बेग्ला बेग्लै भ्याकेटको निवेदन परेको छ यसमा बिहिबार नै सुनुवाई हुनेछ – सर्वोच्च अदालतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्