Logo

नेपाललाई खोप माग गर्दै १६ बेलायती सांसदले लेखे विदेशमन्त्रीलाई पत्र (पत्रसहित)



काठमाडौं । नेपाललाई कोभिड १९ महामारीसँग लड्नका लागी तत्काल खोप लगायतका जरुरी स्वास्थ्य सहायता उपलब्ध गराउन दबाब दिँदै बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् ।

सांसदहरुले मन्त्री रावलाई जुन ७ मा बुझाइएको पत्रमा तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन आग्रह गरिएको छ ।

कोभ्याक्सबाट खोप आउन ढिलाइ हुने देखिएकाले केही राज्यमा लगाइराखिएको खोपमा कटौती गरेर र अन्य विकासशिल मुलुकलाई दिने भनिएको खोप नेपाललाई प्रदान गर्न समेत भनिएको छ ।

सांसदहरुले नेपालको पछिल्लो स्वास्थ्य संकटबारे विदेशमन्त्रीलाई अवगत समेत गराएका छन् ।

स्वास्थ्य सहायता उपलब्ध गराउन ढिला भैसकेको उल्लेख गर्दैै उनीहरुले यसैसाता बेलायती सेनाको चिकित्सकीय टोली काठमाडौं आउन लागेको कुरा स्वागतयोग्य भएको समेत बताएका छन् ।

नेपाली गोर्खाले कठिन समयमा बेलायतलाई साथ दिएको प्रसंग उल्लेख गर्दै ती सांसदले नेपाललाई जरुरी परेको बेला बेलायतले पनि सघाउनुपर्ने धारणा राखेका छन् ।

विभिन्न राजनीतिक दलमा आवद्ध सांसदहरुले संयुक्त रुपमा पत्र लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्