Logo

भारतमा कोभिड–१९ संक्रमणदर घट्दै, ६६ दिन यताकै कम संख्यामा संक्रमण पुष्टि



काठमाडौं । भारतमा कोभिड–१९ महामारी निरन्तर ओरालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा कूल ८६ हजार चार सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

योे विगत ६६ दिन यताकै सबै भन्दा कम दैनिक संक्रमण संख्या हो । परिक्षण गरिएका मध्ये जम्मा चार दशमलव ६२ प्रतिशतमा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सो अवधीमा कोभिड–१९ संक्रमणबाट दुई हजार एक सय २३ जनाको ज्यान गएको छ ।

यससँगै भारतमा कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन लाख ५१ हजार तीन सय नौ जना पुगेको छ ।

भारतमा हालसम्म दुई करोड ८९ लाख ९६ हजारमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । जसमध्ये दुइृ करोड ७३ लाख ४१ हजार संक्रमण मुक्त भईसकेका छन् ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या १३ लाख रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्