Logo

सुदूरपश्चिम प्रदेशसभा बैठक शुरु, मुख्यमन्त्री भट्टले विश्वासको मत लिने पक्का पक्की



काठमाडौं । सुदूरपश्चिममा प्रदेश सभा बैठक शुरुभएको छ । बैठक शुरु भएसँगै मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेस गरेका छन् । यसअघि बिहान  प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम भट्टले प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन् । यसअघि कांग्रेस संसदीय दलको बैठकले आवश्यक पारे भट्टलाई मत दिने निर्णय गरिसकेको छ । साथै एमालेको पनि भट्टलाई सघाउने निधो छ ।

सुदूर पश्चिममा जम्मा ५२ जना प्रदेश सभा सद्स्य रहेका छन् । विश्वासको मतला लागि जम्मा २७ जनाको मत चाहिन्छ । प्रदेश सभामा भट्टको पार्टी अर्थात् माओवादीका १३ जना सांसद् रहेका छन् ।

सबैभनदा धेरै सांसद् रहेको नेकपा एमालेका प्रदेशमा २५ सांसद् छन् तर त्यसमा ओली पक्षका ७ जना मात्र संसद् छन् । बाँकी रहेका माधव नेपाल पक्षका १८ सांसद्ले मुख्य मन्त्रीलाई सघाउने देखिन्छ । कांग्रेसका १२ सांसद रहेको सुदूर पश्चिममा विश्वासको मतमा मत नपुग्ने देखिएको कांग्रेसले सघाउने भनिसकेको हुँदा भट्टले विश्वासको मत लिने पक्का पक्की देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्