Logo

काठमाडौं नयाबस्तीमा विभत्स हत्यापछि भेटिएको शवको पहिचान गर्न डिएनए प्रोफाईल र पोस्टमार्टमको प्रक्रिया शुरु



काठमाडौं । राजधानिको बौद्मा विभत्स हत्यापछी फालिएको शवको पहिचान गर्न डिएनए र पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिएको छ । आज बिहान नयाँबस्तीस्थित दिब्य पार्टी प्यालेसबाट ५०० मिटरभित्र चौरमा विभत्स हत्या गरि फालिएको अवस्थामा शव भेटिएको थियो । शवको प्रकृती हेर्दा हत्या भएको झण्डै २ साता नाघेको प्रहरीले जानकारी दिएको छ ।  शव परालले बेरेर बोरोमा प्याक गरि फालीएको अवस्थामा भेटिएको थियो ।  शवको केहि अवशेश मात्र भेटिएका कारणले पहिचान गर्न नसकिएको प्रहरीको भनाई छ ।

शवको पहिचान नै नभएकाले प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन भने अनुसन्धान प्रक्रिया सुरु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्