Logo

अभिनेता दिलिप कुमार अक्सिजनको सहायतामा



एजेन्सी । स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना भएका अभिनेता दिलिप कुमारको अवस्था स्थिर रहेको छ । हाल उनलाई अक्सिजनको सहायता दिएर उपचार भैरहेको छ।

दिलिप कुमारलाई भेन्टिलेटरमा राखिएको नभइ अक्सिजनको सहायता दिएर उपचार भैरहेको र स्वास्थ्य अवस्था स्थिर रहेको उनको ट्विटर ह्याण्डलमार्फत जानकारी दिइएको छ ।

यसअघि केही सञ्चार माध्यमले उनलाई भेन्टिलेटरमा राखिएको समाचार प्रकाशन गरेका थिए ।

तर दिलिप कुमारको आधिकारिक ट्विटर ह्याण्डलबाट सार्वजनिक सूचनामा उनलाई भेन्टिलेटरमा नभइ अक्सिजनको सहायता दिएर उपचार भैरहेको उल्लेख गरिएको छ ।

दिलिपकुमारको स्वास्थ्यलाई लिएर अफवाह नफैलाउन पनि आग्रह गरिएको छ। स्वास्थ्यमा समस्या आएपछि आइतबार उनलाई मुम्बइको हिन्दुज अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्