Logo

विश्वकप छनोट-नेपाल र जोर्डन भिड्दै आज जिते नेपाल एसियन कपको छनोटको अर्कोचरण नजिक



फिफा विश्वकप तथा एसियन कप २०२३ को छनोट खेल अनर्गत नेपालले आज जोर्डन सँग प्रतिस्पर्धा गर्दै छ । आजको खेल नेपाली समय अनुसार राति १०:४५ मा कुवेत स्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा आजको खेलमा नेपाल जोर्डन विरुद्दको पहिलो जीतको खोजिमा छ । यसअघि भएको खेलमा नेपालले चाईनिज ताईपेईलाई २-० गोलअन्तरले हराएको थियो । फिफा वरीयतामा  जोर्डन ९५औँ स्थानमा रहेको छ । त्यसैले पनि  जोर्डनविरुद्धको खेलमा नेपाललाई त्यत्ति सहज भने हुनेछैन । 

विश्वकप छनोटको पहिलो चरणमा पनि नेपाल र जोर्डन एकआपसमा भिडिसकेका छन् जसमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको थियो । जोर्डन नेपाललाई हराउँदै समूहमा कम्तिमा दोस्रो बनेर विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा सिधै स्थान बनाउने लक्ष्यसाथ मैदान उत्रिन्छ भने नेपाल पनि एसियन कपको लागि अर्को चरणमा उक्लिने लक्ष्य लिएर मैदानमा उत्रने छ ।

प्रतिक्रिया दिनुहोस्