Logo

बुरकिना फासोमा नरसंहार – बन्दुकधारीको हमालामा परि १३२ बढिको मृत्यु



सातजना बालबालीका सहित बुरकिना फासोको याघा प्रान्तको एउटा गाउँमा भएको हमलामा १३२ जनाभन्दा बढीको मृत्यु भएको छ । उत्तरी इलाकामा उक्त ठाउँमा अज्ञात बन्दुकधारीले आक्रमण गरेको त्यहाँको सराकारले बताएको छ ।

राती बन्दुकधारीले याघा प्रान्तको साहेल इलाकाको सोलान नामक गाउँमा हमला गरे । यतिबेला उनीहरुले घर र स्थानीय बजारमा आगो लगाइदिएका थिए ।

घटनाको जिम्वेवारी  इस्लामी चरमपन्थी समहूले हमला गरेको हुनसक्ने बताईएको छ ।

बुर्किना फासोमा भएको उक्त हमालाको संयुक्त राष्ट्रसंघले घोर भर्त्सना गरेको छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टेनियो गुटरेशले  ट्विट गर्दै लेखेका छन् ।

बुरकिना फासोमा भएको नरसंहारको म कडाभन्दा कडा शब्दमा यो निन्दा गर्दछु । हिंस्रक चरमपन्थ र यसका कारण भइरहेको मृत्युसँग जुध्नका लागि अन्तरराष्ट्रिय समुदायले आफ्नो सदस्य देशलाई दिने मद्दत चाँडोभन्दा चाँडो दोब्बर बनाउनुपर्छ ।

मृतकहरुको नाममा बुरकिना फासोले ३ दिन शोक विदा दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्