Logo

अन्तराष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलियाको अध्यक्षमा तिवारी निर्वाचित



अष्ट्रेलिया । अन्तराष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलियाको अध्यक्षमा ममतादेवी तिवारी निर्वाचित भएकी छन् ।अष्ट्रेलियामा रहेका नेपाली साहित्यकारहरुको साझा संगठनअनेसासको आज सम्पन्न निर्वाचनमा तिवारीले आफनो प्रतिस्प्रदी बिदुर प्रसाद सापकोटालाई १३ मत पछि पार्दै बिजयी भएकि हुन । कुल ५९ जना मतदाता रहेको उक्त अन्तराष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलियामा ५५ जना मतदानमा सहभागी भएका थिए भने ४ जनाले मतदान गरेनन । सुजित सिग्देल प्रतिज्ञा अधिकारी र मनरिसी धिताल रहेको निर्वाचन समितिले सो घोषणा गरेको थियो । वर्तमान अध्यक्ष र सचिवको रोहवरमा सो घोषणा गरेको निर्वाचन समितिले जनाएको छ ।
विगत लामो समयदेखि नेपाली भाषा तथा साहित्यको प्रवर्द्धनको लागि खटेकि नव निर्वाचित अध्यक्ष तिवारीले संस्थालाई आमूल परिवर्तन गरी यो संस्थालाई शुद्धिकरण गर्नैप्रतिवद्धता जनाएकि छन् । उनले मतदाता, अग्रज ,साथीहरु ,निर्वाचन समितिलाई बधाई दिदै निर्वाचन एउटा प्रकृया हो अव सबै मिलिेर सस्था साहित्यको पक्षमा काम गर्ने बताएकि छन् ।

प्रतिक्रिया दिनुहोस्