Logo

राष्ट्रिय पुननिर्माण प्राधिकरणको पुनरावेदन समितिको अवधि थप



काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको पुनरावेदन समितिको म्याद २०७९ पौष १० गतेसम्मका लागी थप गर्ने नर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपषिद्को बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको प्रस्तावमा सो निर्णय गरेको हो ।

भुकम्प प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी ऐन २०७२ को दफा २६ को २ बमोजिम गठित पुनरावेदन समिति एक न्यायिक निकाय हो । जसले प्राधिकरणले ऐन बमोजिम गरेको कामकारबाही माथि चित्त नबुझेका पक्षले पुनरावेदन गर्न चाहेमा त्यसलाई किनारा लगाउने कार्य गर्दछ ।
सरकारले समितिलाई कुल १७ जनाको संगठन संरचना र दरबन्दी कायम राखी प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अन्तर्गत राखी सञ्चालन गरिने निर्णय गरेको छ ।
समितिमा पुनरावेदन अदालतको बहालवाला न्यायाधीशमध्येबाट न्याय परिषद्को सिफारिसमा नेपाल सरकारले तोकेको
न्यायाधीश अध्यक्ष रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्