Logo

कांग्रेसमा सभापति देउवाको चर्को बिरोध : तत्काल केन्द्रीय समितिको बैठकको माग

प्रधानमन्त्री ओली र सभापति देउवाको साँठगाँठ भएको ठहर



काठमाडौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री केपी ओलीसंग मिलेर मुलुकमा अस्थिरता ल्याएको युवा नेताहरुले बताएका छन् । काँग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले आयोजना गर्नुभएको भर्चुअल बैठकमा तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने निर्णय गर्दै सभापति देउवाले पार्टी गुटका भरमा सञ्चालन गरेको ठहर गरेका छन् ।

बैठकमा सहमागी एक नेताका अनसार काग्रेस अमरेश सिहले प्रधानमन्त्री ओली र सभापति देउवाको साँठगाँठ भएको स्पष्ट पारेका थिए । कार्यक्रममा प्रभावशाली नेता डा शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशन तोकिएको मितिमा गराउन वैकल्पिक उपायका बारेमा छलफल गर्न केन्द्रीय समितिको बैठक जरुरी भएको बताउनुभएको छ भने अर्का नेता प्रदिप गिरीले सभापति शेर बहादुर देउवाबाट नेतृत्व नचल्ने दावी गर्दै केन्द्रीय समितिको बैठक आह्वान गरेर पार्टीको वैधानिक अस्तित्व रक्षा गर्न महाधिवेशन भदौमा नै गर्ने सम्भावित विकल्पबारे पार्टीभित्र खुल्ला छलफल गर्न पर्ने बताउनुभयो ।

केन्द्रिय सदस्य गगन थापाले पार्टीको विधान अनुसार नभई मुलुकको संविधानले दिएको अन्तिम अवधी भदौ भएकाले सो समय खेर फाल्न नहुनेमा बताउनुभयो । युवानेता प्रदिप पौडेलले शेर बहादुर देउवाले कोसंग सल्लाह गरेर पार्टी सञ्चालन गर्नुहुन्छ भन्ने प्रश्न गर्दै विवादित क्रियाशील सदस्यता थाँती राखेर भएपनि महाधिवेशन गर्न प्रस्ताव गर्नुपर्ने बताउनुभयो । डा गोविन्द पोखरेलले पार्टी बिधिले चलाउन दवाव दिनुपर्ने बताउनु भयो सहभागीका अनुसार अधिकांश युवानेताहरुको सहभागीता रहेको उक्त बैठकमा नेता चन्द्र भण्डारी मुक्ता यादवलगाएतले सभापति देउवाको चर्को बिरोध गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्