Logo

काडाँले कहाँ छेक्छ र फक्राउने कोपिलालाई



दर्शन केसी कविता लेख्छन् । कवि धेरै छन् तर दर्शन भने अलि फरक खालका कवि हुन् । उनि हातले नभएर नाकले कविता लेख्छन् । नाकले कविता लेख्नु दर्शनको रहर होइन । जन्मँदै मस्तिष्क पक्षघात रोगले ग्रस्त बनायो दर्शनलाई ।

त्यसैले हात चल्दैन, शरिर पनि चल्दैन, बोली पनि प्रष्ट छैन । दर्शन २१ वर्षदेखि यही अवस्थामा छन् । दोलखाको जिरि हो दर्शनको घर । काठमाण्डौंमा सान्तिनगर भित्रको सानो परिवारमा दर्शनको परिवार बसेको छ उनका बुवा दैनिक इलम गरेर परिवार पाल्नुहुन्छ ।

दर्शन सानो छँदा विधालय पढ्न पनि गए तर ६ कक्षासम्म मात्र । शरीरले पढाईमा वाधा दियो । मुखले बोल्द दिँदैन, हातले लेख्न दिँदैन, शरीर र रोगले जति वाधा दिए पनि जति बाधा दिएपनि दर्शन दिएको वाधासँग संघर्ष गर्दै नाककै साहाराले लेखेर बोलचाल भने मज्जाले गर्छन् ।

दर्शन आफूलाई महाकैदि भन्दारहेछन् हामीले पनि सोध्यौँ किन महाकैदि नि ? उनले भने – अपराध गरेर जेल जीवन बिताएको कैदि बाहिरि संसार सँग परिचित हुन्छ मेरो शारीरिक अवस्थाले मलाई एक महाकैदि बनायो मैले बाहिरि संसार देखेकै छैन हेरकै छैन ।

अग्ला अग्ला पहाड पखेरा चड्न उक्लिन मलाई पनि रहर छ तर म सँग त्यहाँ सम्म जाने तागत छैन । म कविता पनि कैदिकै भेषमा लेख्छु कैदी जीवनको वेदना कवितामा पोख्छु मष्तिष्क पक्षाघातलाई जित्न नसकेपनि दर्शनका कविताले धेरैको मन जितेको छ ।

उनलाई गाउँका सबैले सानो कवि भनेर बोलाउछन् । कवि सब्द सारै प्रिय लाग्छ दर्शनलाइ । प्रायजसो अङ्ग्रेजीमै कविता लेख्ने दर्शनलाई नेपाली साहित्य सँग पनि उत्तिकै माया छ । दर्शन र उनको साहित्यिक यात्रा। दर्शनले सानो हुदाँ कविता लेखे ।

कविताले प्रसंशा पनि उत्तिकै पायो । यहि प्रसंशाले उहाँलाई कविता लेखन तर्फ डोहोर्याएको रहेछ । उनि भन्छन् “म चाहीँ मन चिन्तित हुदाँ बढि कविता लेख्ने गर्छु ‘ रहर हुदाँ हुदैँ पनि दर्शनले लेखेका डेढ सय बढी कविता प्रकाशित भएका छैनन् ।

दर्शनलाई कविता प्रकाशीत गर्ने ठुलो रहर छ तर प्रकाशनको खर्च भने दर्शनसँग छैन । सेक्सपियरलाई अनुशरण गर्ने दर्शन के.सी सेक्सपियर जस्तैँ कविता लेख्ने प्रयास गर्छन् । हामी पनि दर्शन कहाँ पुग्दा कविता लेखेर पठाए । हामीले पनि कविता पढ्यौ । कवितामा धेरै भावहरु लुकेका भेट्टायौ अनि सब्दमा गहनता साँच्चै अपूर्व छन् दर्शनका कविता ।

कविता दर्शनको साथी हो सहयात्री हो । दर्शनलाई कविता सँग प्रेम बसेको छ जुन प्रेम छुट्नै सक्दैन । संघर्षको कथा । दर्शनले जीवनमा भोगेका संघर्षहरु धेरै रहेछन् । उनि ८ वर्षको हुदाँ नै आमाको निधन भएको रहेछ । त्यसपछिको समयमा दर्शनले जीवनमा थुप्रै संघर्ष देख्नुभयो दुख देख्नुभयो मातृप्रेमको महत्व थाहापाउनुभयो ।

कलिलै उमेरमा पढाई छाडेका दर्शनले उच्च शिक्षा लिन पाएनन् तर सोच उच्च छ उनको अनि वौदिकता पनि त्यतिनै माथिल्लो । अनि गरिबिका कारण धेरै अभाव पनि देख्नुपर्यो । उनि भन्छन् “ संघर्ष त आजसम्म पनि छ इच्छा लागेका ठाउँ घुम्न पाईन्न मन लागेका कुरा गर्न पाइन्न , तर संघर्षबाट नै सफलता खोज्दै छु । विश्वास छ एकदिन अवश्य सफलता भेट्टाउने छु । यो पढ्नुहोस् दर्शनले लेखेको एउटा अंग्रेजी कविता

प्रतिक्रिया दिनुहोस्