Logo

लगातार बढिरहने शिवलिङ्ग, पृथ्वीकाे विनाश नजिक




एजेन्सी । हिन्दु पुराण तथा कथा अनुसार सबै ग्रन्थमा वर्णन गरिएको छ कि एक दिन यो पूरा ब्रह्माण्ड नस्ट हुनेछ । पृथ्वी लोकबाट जीवको नाम निशान मेटिने धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । भारतका केही मन्दिर तथा गुफा यस्ता छन् जहाँ कलियुगका अन्धकार रहस्य लुकेको छ । यस्तो एक ठाउँ उत्तराखण्डको पिथौरागढमा अवस्थित छ जसको नाम हो पाताल भुवनेश्वर गुफा । पाताल भुवनेश्वर एक चूना पत्थर प्राकृतिक गुफा हो, जुन उत्तराखण्डको पिथौरागढ़ जिल्लाको गंगोलीहाट शहरबाट १४ किलोमिटर दुरीमा अवस्थित छ । धार्मिक र ऐतिहासिक महत्वका धेरै प्राकृतिक कलाकृतिहरू यस गुफामा अवस्थित छन् । यो गुफा जमिनभन्दा ९० फिट तल छ र करिब १६० वर्ग मिटर क्षेत्रमा फैलिएको छ ।

यस गुफालाई राजा ऋतुपर्णाले पत्ता लगाएका थिए । उनी सूर्यवंशका राजा थिए र त्रेता युगमा अयोध्यामा शासन गर्थे । स्कन्दपुराणको वर्णन अनुसार महादेव शिव स्वयं पाताल भुवनेश्वरमा बिराजमान रहन्छन् र अन्य देवी देवताहरु उनको पूजा गर्न यहाँ आउने गर्छन् । यो पनि वर्णन गरिएको छ कि राजा ऋतुपर्ण एक जंगली हरिणको पिछा गर्दै जाँदा यस गुफामा प्रवेश गरेका थिए र उनले महादेव शिवसहित ३३ कोटी देवताहरुको साक्षात दर्शन गरेका थिए ।

द्वापर युगमा यहाँ पाण्डवले चौपर खेल्ने गर्दथे र कलियुगको इस्वी संवतः १८२२ को आसपासमा जगद्गुरु आदि शंकराचार्यले यस गुफाको बारेमा ज्ञान प्राप्त गरी गुफामा एक तामाको शिव लिङ्ग स्थापना गरेका थिए । गुफाको भित्र जानका लागि फलामे साँङ्गलोको साहारा लिनुपर्छ । यो गुफा ढुंगाले बनेको छ र यसको ढोकाको भित्ताबाट पानी बहने हुँदा बाटो सहज रहेको छ । साथै साँगुरो बाटोको प्रयोग गरेर पनि गुफामा प्रवेश गर्न सकिनेछ । गुफामा शेषनागको आकारको पत्थर रहेको छ । त्यसलाई देख्दा यस्तो लाग्छ कि जसले पृथ्वीलाई थेगेको छ । यो गुफाको मुख्य विशेषता यो छ कि यहाँ अवदस्थित एउटा शिव लिङ्ग लगातार बढिरहेको छ ।

वर्तमान अवस्थामा शिवलिङ्गको उचाई १.५० फिट छ र शिवलिङ्गको विषयमा यो मान्यता छ कि शिवलिङ्ग बढेर गुफाको छत छोयो भने संसारको बिनाश हुनेछ । हाल शिवलिङ्ग र गुफाको छत बीचको दुरी ३ फिट मात्र रहेको छ ।

केही धार्मिक मान्यता अनुसार भगवान शिवले क्रोधवश गणेशजीकाे शिर शरिरदेखि अलग गरेका थिए र त्यस शिरलाई उनले यस गुफामा राखेका थिए । यस गुफाको ढोकामा हाँसका आकृतिहरु रहेका छन् जसलाई ब्रह्माजीका हाँस मानिन्छ । गुफाभित्र एउटा हवन कुण्ड पनि रहेको छ । यो कुण्डको बारेमा यो मान्यता छ कि यहाँ जनमेजयले नाग यज्ञ गरेका थिए । जसमा सबै सर्पहरु जलेर भस्म भएका थिए । यस गुफामा हजार खुट्टा भएको हात्ती पनि बनेको छ । धार्मिक ग्रन्थको सहयोगमा

प्रतिक्रिया दिनुहोस्