Logo

सिमिकोटमा ओखरका बोट कृषि कार्यालयमा अलपत्र



सिमिकोट । सदरमुकाम सिमकोटमा कृषि विकास कार्यालयमा टर्कीको च्याङ्गलर जातका ओखरका बोटबिरुवा कृषि विकास कार्यालयमा अलपत्र पारिएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि निर्देशनालयको सहयोगमा कृषि विकास कार्यालयको मागअनुसार छ हजार च्याङ्गलर ओखरका बिरुवा आइसकेका कृषि विकास कार्यालयका प्रमुख बखतबहादुर खड्काले जानकारी दिनुभयो ।

जिल्लाका कृषकलाई वितरण गरिने भएको हुँदा कोभिड–१९ ले गर्दा एक गाउँपालिकाबाट अर्को गाउँपालिका आउन जान कठिन भएकाले रोकिएको उहाँले बताउनुभयो । बाली संरक्षण अधिकृत एवम् कृषि विकास कार्यालयका सूचना अधिकारी धर्मेन्द्र अधिकारीका अनुसार टर्कीबाट आएका च्याङ्गलर जातका ओखरका बोटबिरुवा जिल्लाका सातवटै गाउँपालिकाका लागि आएका थिए ।

ताँजाकोट गाउँपालिका र अदनचुली गाउँपालिकालाई एक हजार बोटबिरुवा वितरण भइसकेको कृषि कार्यालयले जनाएको छ । रु १६ करोड बराबरका बोटबिरुवा सुर्खेतबाट सिमकोट कृषि विकास कार्यालयसम्म ढुवानी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्