Logo

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ८३ जना संक्रमित थपिए, २२५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ५९६ पीसीआर तथा ७२० एन्टिजेन परीक्षण भएको छ। गत २४ घण्टामा ५ हजार २२५ जना डिस्चार्ज भएका छन्।

यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

आज देखिएको संक्रमण र मृत्युसंख्या हालसम्मकै धेरै हो ।

प्रतिक्रिया दिनुहोस्