Logo

देउवा निवासमा काँग्रेस पदाधिकारी बैठक सुरु



काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा काँग्रेस पदाधिकारी बैठक सुरु भएको हो ।

बैठकमा देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शंशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा.प्रकाश शरण महत, कोषाअध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिहं, केन्द्रीय सदस्य रमेश लेखक,प्रमुख सचेतक बालकृष्ण खाँड, सचेतक पुष्पा भुसाललगायत सहभागि छन् ।

प्रमुख प्रतिपक्ष दलको हिसाबले नयाँ सरकार गठन गर्न पहल शुरू गरेको काँग्रेसले सरकार गठनको विषयमा छलफल गर्नेछ । यसअघि आजै सभापति देउवाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्