Logo

ओखलढुंगा कांग्रेसका पूर्व जिल्ला सभापति कार्कीको कोरोना संक्रमणबाट निधन



कोरोना संक्रमणबाट नेपाली कांग्रेस ओखलढुंगाका पूर्व जिल्ला सभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ । कोभिड १९ बाट संक्रमण भई काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको सोमबार ७८ वर्षको उमेरमा निधन भएको हो ।

एक दशक अघि जिल्लामा कांग्रेसको नेतृत्व गरेका कार्कीले २०१८ सालमा नेपाली कांग्रेसमा आबद्ध भई राजनीतिक यात्रा सुरु गरेका थिए । उनले प्रतिबन्धितकालमा पटक पटक जेल जीवन समेत बिताएका थिए ।

कार्कीले प्रजातन्त्र प्राप्तिको विभिन्न आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निभाएका थिए ।यसैबीच कार्कीको निधनप्रति ओखलढुंगा कांग्रेसले शोक वक्तव्य जारी गरेको छ । पार्टी सभापति प्रदीपकुमार सुनुवारद्वारा जारी गरिएको वक्तव्यमा ओखलढुंगाले प्रजातान्त्रिक आन्दोलनका एक विशिष्ट योद्धा गुमाएको बताइएको छ

कार्कीको निधनले ओखलढुंगा कांग्रेसमा अपुरणीय क्षति भएको भन्दै ७ दिन सम्म पार्टीको आधा झण्डा झुकाउने र ५ दिन सम्म कुनै औपचारिक कार्यक्रम नगर्ने नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ । कार्कीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्