Logo

हल्का हल्का लजाएर सार्वजनिक, राजेश हमाल र करिस्मा मानन्धरको जोडी (भिडियोसहित)



काठमाडौँ । कुनै समयका हरेक नेपाली चलचित्रमा परिपुरक जोडीका रुपमा जमेका राजेश हमाल र करिस्मा मानन्धरलाई सँगै नदेखेको धेरै भएको थियो । धेरै वर्षपछि भने दर्शकले यो जोडीलाई सँगै देख्न पाएका छन् । हमाल र मानन्धरको साथमा पल शाह र पूजा शर्मा समेत अभिनित हल्का हल्का लजाएर बोलको गीत सार्वजनिक भएपछि यो जोडीलाईसँगै देख्न पाईएको हो ।

अञ्जु पन्त र निशान भट्टराईले गाएको गीतमा चन्द्र प्रसाईं (परिस्कृत) को शब्द, सन्तोष श्रेष्ठको संगीत र गोपाल रसाईलीको एरेञ्ज रहेको छ । तेज प्रसाईं निर्माता रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, बिकाश दाहालको सम्पादन र देवेन्द्र पाण्डेको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्