Logo

सरकारले फिर्ता बोलायो अष्ट्रेलियाका राजदूत दाहाल



काठमाडौ । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो। राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय भएको मुख्य सचिव शंकरदास बैरागीले बताएपछि थाहा भएको सेतोपाटीलाई जानकारी दिए।

मलाई मुख्य सचिवज्यूले निर्णयबारे जानकारी दिनुभयो, सेतोपाटी अष्ट्रेलियासँग कुरा गर्दै राजदूत दहालले भने, ‘सरकारले निर्णय गरेपछि मान्नैपर्‍यो नि।’ उनलाई गत वर्ष जेठ २५ गते सरकारले राजदूत सिफारिस गरेको थियो। दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्