Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै



काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजे बैठक बस्न लागेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिएका छन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेता साहले बताए ।

प्रधामन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसद बैठक बोलाइएपछि त्यसबारे रणनीति तय गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिने औपचारिकता मात्र बाँकी रहेको बताउने गरेको भएपनि निर्णय नगरेपछि ओलीले विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव डा बाबुराम भट्टराई पक्ष ओली नयाँ सत्ता गठवन्धनको पक्षमा छन् भने जसपाकै महन्थ ठाकुर समूह ओलीलाई साथ दिने पक्षमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्