Logo

मंगलबार सुनचाँदीको मूल्यमा बृद्धि, तोलाको कति ?



काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको २०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य तोलाको ९० हजार ६०० रुपैयाँ, तेजावी ९० हजार १०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३२५ रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ, तेजावी ८९ हजार ९०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारको तुलनामा मंगलबार चाँदी तोलाको २५ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्