Logo

अध्यक्ष पोखरेलले सरकारसंग जोडदार माग गरे सुरक्षाको



काठमाडौं । नेपाल पत्रकार महासंघ अध्यक्ष बिपुल पोखरेलले कोरोना संक्रमण भएर उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध तत्काल मिलाउन सरकारसँग माग गर्नुभएको छ । विकासटाइम्ससंगको कुराकानीमा उहाँले कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ ।

उहाँले हालसम्म ५५० जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिए र संक्रमितमध्ये ७ जनाको निधन भएको बताउनुभयो । पछिल्लो समय कोरोनाभाइरसबाट २० जना पत्रकारको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको समेत जानकारी दिनुभयो ।

उहाँले कोरोनाभाइरस महामारीका कारण विषम परिस्थिति उत्पन्न हुने आकलन गरिएका बेला सरकारलाई कार्यक्षेत्रकाट बिस्थापति हुने सञ्चारकर्मीका बारेमा गंभीर हुने समेत आग्रह गर्दै सञ्चारकर्मीहरुलाई सचेत र सजग रहन समेत भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्