Logo

सहर छोडी घर फिर्ति हुनेहरुको नाममा



रामप्रसाद सेढाई

नयाँ भेरियन्ट सहितको कोरोना महामारीको दोस्रो लहरले पुन विश्व लाई त्राहिमाम बनाइरहेको छ , लाखौं मानिसहरुको इहलिला समाप्त गरिसकेको छ भने करोडौं मानिसहरु यसबाट संक्रमणको सिकार बनिसकेका छन् , यस विरुद्धमा बनेको खोप सबैलाई अझै सहज उपलब्ध हुन सकेको छैन, । छिमेकी देश भारत लगायतका देशहरुमा यसले देखाएको रौद्ररुप सायद मानव इतिहासकै कहाली लाग्दो तस्बिर हुन सक्छ, यो ज्यादै बिरुप र विदृण छ, अवस्था यतिसम्म भयावह बनेको छ कि संक्रमितहरु अक्सिजन नपाएर मृत्युको मुखमा पुगेका छन् , बिरामीहरुले अस्पताल भरिभराउ छन , बेडको अभावले मानिसहरू उपचार नपाएर अकालमै मृत्युवरण गर्न बाध्य छन् , घाटहरुमा शवको लर्को लागेको छ ।

भारतसग खुल्ला सिमाना हुनु, बेलैमा आवस्यक सतर्कता नअपनाउनु लगाएतका कारण नेपालमा पनि सोही अवस्था आइसकेको छ, लाखौं सन्क्रमित भैसके, हजारौंले आफ्नो अमुल्य जीवन गुमाइसके, अस्पतालहरुमा बेड पाउन सकिएको छैन, जनधनको ठूलो क्षति हुने देखेर संक्रमण अरु फैलन नदिन र कोरोनाको चेन ब्रेक गर्दै जनताको जीवन रक्षाको खातिर पनि सरकारले निषेधाज्ञा जस्तो अप्रिय विकल्पमा जान बाध्य भएको छ जसले गर्दा जनताको दैनिकीमा समस्या खाडा भएको छ। उता राजधानी तथा देशका ठुला सहरमा लागू गरिएको निषेधाज्ञाका कारण आफ्नो गाउँ घर फर्किन लागेका मानिसले यात्रा गर्दा अपनाउनुपर्ने सावधानी अपनाएका छैनन् , यात्रु संख्या धेरै तर यातायातका साधन सिमित हुँदा मानिसहरू भेडा बाख्रा झै कोचिएर यात्रा गरिरहेका छन् जहाँ स्वास्थ्य प्रोटोकलहरूको पालना भएको छैन, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने जस्ता सामान्य सावधानी नअपनाउदा अब गाउँ घर फर्किनेहरु सगै कोरोना संक्रमण पनि गाउँ गाउँमा फैलिन सक्ने सम्भावना धेरै छ ,अघिल्लो वर्ष वडा, स्थानीय तहहरु आफैले पहल गरेर विभिन्न स्थानमा क्वारेन्टाइन , होम आइसोलेसनको व्यवस्थापन हुन सकेको कारण महामारी नियन्त्रणमा ठूलो सफलता मिलेको थियो तर यसपटक त्यस्तो हुन सकेको छैन, त्यसैगरी अघिल्लो बर्ष कन्ट्र्याक ट्रेसिङ्ग व्यापक गरिएको थियो यसबर्ष त्यो बिल्कुल गरिएको छैन, बेलैमा सचेत हुन सकिएन भने महामारी भयावह भइ नियन्त्रण बाहिर जान सक्छ , स्वास्थ सेवामा उत्कृष्ट मेकानिजम भएका भनिएका विश्वका कतिपय बिकसित देशहरुमा त त्यो हालत छ भने हाम्रो जस्तो स्वास्थ सेवा नाजुक अवस्थामा रहेको देशको हालत के होलारु महामारीको यो भयावह अवस्थालाई गम्भीर रुपमा लिदै राज्यका सम्पुर्ण सम्यन्त्रहरु तथा नागरिक समेत एकाकार हुदै जोडदार रुपले यसको नियन्त्रणमा लागिपर्नु नै अहिलेको आवश्यकता हो तर दुखका साथ भन्नुपरिरहेको छ अहिले काम कुरो एकातिर कुम्लो बोकि ठिमीतिर जस्तो भैरहेको छ।

तर यस लेखमा म ती मानिसहरूको बारेमा केही लेख्न लागिरहेछु जसलाइ आफ्नो जीवन यापन गर्न कुनै काम नगरी सुख छैन त्यै कामको खोजीमा आफ्नो घर छोडी सहर बजार भौतारिरहेका हुन्छन् र दैनिक ज्याला मजदुरी, सानोतिनो व्यापार व्यवसय गरेर बिहान बेलुकाको आटो पिठोको बन्दोबस्त गर्दछन। दैनिक काम नगरे ती आर्तहरुको छाक बस्छ् ,तिनीहरु भोकै हुन्छन् । म अहिले यस निषेधाज्ञा को कारण सहरबाट अलगाव हुन पुगेका दुई थरी ठेगाना वाहकहरुको हन्डर र ठक्करमा केन्द्रीत हुन पुगेको छु ।

पुनः दोश्रो पटकको निषेधाज्ञा घोषणा हुँदै गर्दा काठमाडौंमा आफ्नो घर नभएका अझ भनौ २ प्रकारका ठेगाना बताउने (स्थाइ ठेगाना सोलुखुम्बु, दोलाखा, कालिकोट हाल चाबहिल, कोटेश्वर ।।।।) भुइँतहका मान्छेहरु झोली झाम्टा काधमा भिरेर बालबच्चा काखिमा च्यापेर भावसुन्य हुदै टिठ लाग्दो र निन्याउरो अनुहार लिएर राजधानी शहरलाई धारेहात लगाउदै पुनः आफ्नै गाउँ आफ्नै थात थलो फर्किइसकेका छन् , हुँदा खाने र काम गरि खाने यी तल्ला तहका मानिसहरु यो राजधानी शहर बाट कहिले भुकम्प आउँदा लखेटिए कहिले भारतले गरेको नाकाबन्दीका कारण लखेटिए । अघिल्लो वर्ष कोरोनाकै कारण शहरबाट लखेटिएका ती भुइँतहका निरीह मानिसहरु यसपटकको कोरोना कहरले फेरि आफू बस्दै आएको कोठा, चलाउदै आएको पसल आदिमा भोटे ताल्चा मारेर अनिश्चयको भुमरीमा पिल्सिदै आफ्नै गाउँ घर जादैछन। कतिपयले अब फेरि यो सहरमा नफर्किने वाचा समेत गरेको सुनियो। कतिपयले फेरि हुने लक डाउन तथा निषेधाज्ञाले आफ्नो ब्यापार व्यवसाय चौपट्ट हुने बताउदै आफू र आफ्नो परिवारको बिच्ल्ली भएको बताउदै थिए ।

तर जुनसुकै बिपद, महामारी रोग आदिको चपेटामा तिनै निम्न बर्गका मानिसहरु पर्ने गर्दछन। वर्तमान परिस्थितिको सिकार पनि तिनै काम गरिखाने भुइँतहका जनता भएका छन् , उनिहरुको बिचारमा कमाइ गरिखाने हामी जस्ता गरिव जनताहरुमाथी स्वार्थी शहरले सधै यस्तै धोका र बिस्वासघात गर्छ र पटक पटक आफ्नो बाध्यता र बिवसतामा टेकेर निर्मम प्रहार गर्छ , काम गरि खान्छु भन्दा पनि पाहुना लाग्न आएको भतुवा झै सारो गारो पर्दा निर्दयी भएर लखेट्ने काम गर्छ, यो उनिहरुको विश्लेषण गलत होइन र उनीहरुको क्षमताले बुझ्ने पनि यति सम्म मात्र हो, तर के यो सबै धोका शहरले नै दिएको हो त रु हो भन्न लाई त्यो एकातर्फी पनि हुन सक्छ। त्यसोभए काठमाडौं राजधानीले पनि यो सोच्न सक्छ (मानिसहरू कृतध्न छन् जब बिपद आइलाग्छ तब आफ्नो ज्यान बचाउन दुई थरी ठेगाना भएका मानिस यो सहरलाई एक्लै छोडेर आफ्नो स्थाइ वतनमा कुलेलाम ठोक्छन अनि यो सहर सुनसान हुन्छ अब यहाँ जीवन चलायमान छैन, आर्थिक गतिविधिहरु सुस्त र ठप्प प्राय छन मानिसहरु थिए र पो सहर जिवन्त थियो, हामी त एक ठेगाने कहाँ पो जानू र मरेपनी बाचेपनी यही सहर हो आदि आदि। फेरि यहाँका स्थाइ बासिन्दाहरु यो पनि सोचिरहेका हुन सक्छन् । (काठमाडौं शहर यति साघुरो भैसक्यो, बाहिरबाट आउनेहरुको बड्दो जनसंख्या र अव्यवस्थित शहरीकरणले गर्दा मानिसको चाप बढ्न गै निर्बाध रुपले श्वास लिन समेत कठिनाइ परिसकेको छ, अर्को कुरा उपत्यकाको स्थाइ बासिन्दालाई नै यहाँका भौतिक श्रोत साधनहरु अप्रयाप्त भैसकेका छन् , न खानेपानी न ढल निकासको राम्रो प्रबन्ध, न फराकिलो खुला स्थल जता हेर्यो उतै मानिसै मानिसको भिडभाड, धुलोधुवा, कोलाहल छ गए ठिकै भो यस्तै केही केहि ।

सवाल के हो भने आज जे जति संख्यामा मानिसहरू गाउँ फर्किएका छन् ती भुकम्प, नाकाबन्दी तथा पोहोर सालको कोरोना कहरमा पनि आफ्नै गाउँ घर फर्किएका थिए, बिडम्बना के भैदियो भने स्थिति अलि सहज हुने बित्तिकै मानिसहरु गाउँ बाट पुनः सहरतिर कुल्लेलाम ठोके, गाउँमा अडिन सकेनन् यस्तो किन भयो रु किन उनीहरुलाई गाउँमा नै होल्ड गर्न सकिएन रु किन उनिहरुको श्रम सीप मेहनत र पसिनालाइ उनीहरुको आफ्नै गैरिखेतहरुमा सिन्चित गर्न सकिएन रु उनीहरुको पाखुरीलाई किन पाखोबारिमा प्रयोग गर्न सकिएन रु उनिहरुकै भनाइलाई मान्ने हो भने पनि सहरले उनिहरुलाइ पटक पटक धोका दिएको छ अफ्ठ्यारो र बिपदको घडीमा सहरबाट लखेटिएका छन् , घोक्रेठ्याक लगाइएका छन् , सहरले उनीहरुको रोजिरोटिमाथी , भावनामाथी निर्मम प्रहार गरेको छ , तर फेरि पनि किन यही राजधानीमा शरणार्थी बन्न फर्की फर्की आइपुग्छन मानिसहरू , आफ्नो देउराली पाखोको कलकल बग्ने मुहानको सफा पानी पिएर आफ्नै पाखा पखेराको स्वच्छ हावामा श्वास फेर्न छोडेर धमिलो पानी खादै दुषित हावामा श्वास फेर्न किन काठमाडौं नै आइपुग्छन जनताहरु , आफ्नै बारिको ताजा साग सब्जी खान छोडेर ओइलाएका सडेगलेका तरकारी खान किन हुरिदै यहि सहरमा ताती लाग्छन् मानिसहरू , आफ्नै गोठको माली गाइको शुद्ध दूध तथा गाउघरको हाइजेनिक खाना छोडेर किन मानिसहरु वासी तासी र फ्रोजन फुड खान सहर दौडिरहेका छन् रु यि ज्यादै महत्त्वपूर्ण सवाल हुन् र यसका केही खास कारणहरु छन् ।

केही सवाल तथा कारणहरु

कारणहरु

सामान्य कारण त रोजगारी र रोजिरोटी नै हो तर अझ गहकिलो कारण बुझ्न भने हामी अलि पछाडी फर्किनु पर्दछ, केही समय अगाडी सम्म हाम्रो देशमा एकात्मक र केन्द्रीकृत शासन प्रणालीको ढाचा थियो त्यतिबेलाका साशकहरु र नीतिनिर्माताहरुले काठमाडौं खाल्डोलाइ मात्र नेपाल हो भन्ने ठाने , उनिहरुलाइ उपत्यका भन्दा बाहिर पनि नेपाली जनता रहन्छन् भन्ने हेक्का समेत भएन अथवा विविध कारणहरुले गर्दा उनीहरुले त्यो जरुरी ठानेनन् , जसले गर्दा बिकासका योजना जति सबै उपत्यका भित्र मात्र सिमित हुन पुग्यो, ठुला ठुला अस्पताल शिक्षण सस्था उद्दोग धन्दा कलकारखाना सडक पुल आदि सबै उपत्यका र आसपासमा मात्र बने, यसो हुदा बाहिर दुर(दराजका गाउँ ठाउँ आधुनिक बिकास तथा भौतिक सेवा सुबिधाबाट बन्चित भयो , जस्तो कि स्कुल कलेज नबनेका कारण मोफसल शिक्षाको उज्यालो घामबाट बन्चित हुन पुग्यो, अस्पताल नबनेका कारण बिरामी हुदा उपचार पाउनबाट बन्चित भयो, पछिल्लो समयमा बनेका स्कुल कलेज तथा अस्पतालहरुले भरपर्दो र गुणस्तरीय सेवा सुबिधा बिल्कुलै दिन सकेनन् , सुचना तथा सञ्चारको पहुच नहुदा अन्धकार जीवन व्यतीत गर्न बाध्य हुनुपर्यो, आफन्तको हालखबर थाहा पाउन एक दिनको बाटो हिडेर सहर आइपुगेको अनुभव म स्वयं सग छ । बिकासको प्रमुख मेरुदण्डको रुपमा रहेको सडक पुलपुलेसा निर्माण नहुदा मानिसहरूको दैनिक कार्य गर्न र आवतजावतमा ठुलो कठिनाइ हुन पुग्यो, कृषिको आधुनिकीकरण नगरिएकोले कृषिकर्मले जीवन गुजारा हुन सकेन, जिविकोपार्जनको लागि आम्दानी तथा रोजगारीका कुनै विकल्प भएनन् , तत्कालीन राज्यले आफुलाइ किनाराकृत पारेको महसुस भएपछि मोफसलबाट मानिसहरू स्वास्थ्य, शिक्षा प्राप्ती, रोजगारी तथा रोजिरोटीको लागि धमाधम गाउँबाट सहरतर्फ प्रवेश गर्न थाले। यसरी देशको सर्वाङ्गिण बिकास नहुनु, भुगोल तथा जनसंख्याको आधारमा अधिकार तथा बिकसलाई विकेन्द्रीकरण गर्न नसक्नु अनि बिकासको चरम असन्तुलन र असमानता आदिको कारण त्यसको प्रत्यक्ष मार सोझा साझा गाउले मानिसहरु तथा पनि राजधानी सहरले आजका मिति सम्म पनि सहनु परिरहेको छ। भौतिक बिकास तथा आधुनिक सुख सुबिधा सहर केन्द्रित हुनु नै मानिस पनि सहर केन्द्रित हुनुको प्रमुख कारण मध्य एक हो र यो सामान्य नियमको कुरा पनि हो ।

मानिस स्वभावतः सुख भोगको लालसा राख्दछ, सहरमा आउने मानिसले यहाँका आधुनिक बिकासको स्वाद चाखे, भौतिक सुख सुबिधा उपभोग गर्दै मख्ख परे, बिस्तारै बिस्तारै शहरिया जीवनशैलीले उनिहरुको बानी बिगार्यो अब गाउँमा गएर कसले दुख गर्ने रु जो गाउँबाट सहर आए उता उनिहरुको गाउँको झुप्रो घर हावाहुरी तथा घामपानीले मक्किएर जिर्ण भयो, आगनमा तितेपाती पलायो, चुलोम बलेसिको भेल पस्यो, पाखोबारी र तल्लोखेत बर्षौ उब्जनी नगर्दा बन्जर भुमिमा परिणत हुन पुग्यो, अब त्यो बन्जरभुमी भत्काउन को जाने, अहिले त यस्तो सम्म हुन लागेको छ कि रोजगारीको लागि लोग्ने बिदेश जान्छ अलि अलि पैसा कमाउन थालेपछि छोरा छोरी लाई राम्रो बोर्डिङ स्कुलमा पढाउन भन्दै उसकी श्रीमति बुढा भएका सासू ससुरा तथा उब्जनी हुने खेत बाझो छोडेर बच्चा च्यापेर सहर हिडिदिन्छिन्, बुढा बा आमा रोगले थला परिसके , उनिहरुलाइ बुढेसकालमा पानी दिने समेत कोहि हुदैनन् , यता सन्ततिहरु भौतिक सुख सुबिधामा मस्त।।।।खर्च कटाएर बचेको केही पैसा हुने बित्तिकै रिन पान गरेर २ आना भएपनि सहर अझ भनौ राजधानीमा घडेरी किन्नु परेको छ अनि सानै भएपनि घर बनाउनु परेको छ त्यो उसको लागि गाउँ समाजमा आफ्नो हैसियत देखाउने र प्रतिष्ठाको बिषय पनि हो साथै उसलाई सहरमै आरामसाथ सुखमय जीवन व्यतीत गर्नु परेको छ, किनकी गाउँमा यी कुनै सुबिधा उपलब्ध छैनन् त्यसैले पनि मानिसहरू सहरमै संघर्ष गर्न चाहान्छन ।

समाधानका उपायहरु

देश भर्खर भर्खरै सङघियतामा प्रवेश गरेको छ र यसको अभ्यासमा छ, सेवा सुबिधा तथा अधिकारहरु गाउँ गाउँ सम्म विकेन्द्रीकरण गरिएको छ तर पनि भौतिक सुख सुबिधा भोग गरी शहरिया जिवनशैलीमा बस्न बानी परेका मानिसलाई त्यति सहजै गाउँ फर्काउन सम्भव हुदैन। पहिले पन्चायतकालमा गाउँ फर्क अभियान चलाएको थियो पछि प्रजातान्त्र आएपछि आफ्नो गाउँ आफै बनाउ भन्ने अभियान आयो, अहिले महामारी नै सहि कम्तिमा मानिस आफैं गाउँ फर्किएको छ। अब गाउँ गुल्जार भएको छ, वर्षौं सन्तान टाढा हुँदा निराश ,एक्लो र बोझिल जीवन जिउन बिवश बनेका बुबा आमाले आफ्ना प्यारा छोरा छोरी आफ्नै काखमा पाएका छन् सासू ससुराले आफ्ना छोरा बुहारी नातिनातिना आफ्नै आँखा अगाडी देख्न पाएका छन् , जसले उनीहरुको हृदय पुलकित भएको हुनुपर्छ , नाति नातिना पनि आफ्ना हजुरबुबा हजुरामाको न्यानो काखमा लुट्पुटिन पाउँद हर्षानुभुती गरिरहेको हुनुपर्छ । समाजले जोशिला युवा जनशक्ति पाएको छ । अब त्यो जनशक्ति लाई गाउँमानै स्थाइ रुपमा स्थापित गर्न राज्य तथा स्थानीय तहले समन्वय गर्दै उचित प्रबन्ध गर्नैपर्छ। व्यवसायिक तवरले कृषिमा आधुनिकीकरण गर्दै उत्पादित कृषि सामग्री बिक्रीवितरणको लागि बजारको सुनिश्चितता गरेर, कृषि कर्मबाट पनि जिविकोपार्जन हुन सक्ने वातावरण तयार पार्नुपर्छ, गाउँ गाउँमा आधारभुत स्वास्थ सुबिधा, उच्चस्तरीय शिक्षा र रोजगारीको प्रबन्ध गरिदिनु पर्छ। उद्धोग कलकारखानाको स्थापना गरेर जिविकोपार्जनको लागि राजधानीको मात्रै भर पर्ने अवस्थाको अन्त्य गरिनुपर्छ, सडक पुलपुलेसा, बिद्धुत, खानेपानी मनोरञ्जन आदिको गाउँमै सुबिधा मिलाउनु पर्दछ। देशैभर मोफसलहरुमा पनि काठमाडौं जस्तै आकर्षण बोकेको सहरहरु निर्माण गरिनुपर्छ तब मात्र गाउँहरु पनि बिकासको यत्रामा सहर सगै हातेमालो गर्दै सहभागी हुन्छन् जसले गर्दा देश बिकासको सन्तुलित आधार देखा पर्छ । गाउँको बिकास भएपछि न राजधानी जस्ता ठुला सहरलाई भार पर्छ न गाउँ बस्तिका जनतालाई मार पर्छ , यसो भएपछि दुबै पक्ष सहज महसुस गर्नेछन, ।।।।

प्रतिक्रिया दिनुहोस्