Logo

शुक्रबार ५ हजार ६ सय ५७ नयाँ संक्रमित थपिए, ३३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार २७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ५ हजार ६सय ५७ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित कुल संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९२८ जनाले स्वास्थ्य लाभ गरेका छन् । योसहित कुल निको हुनेको संख्या २ लाख ८१ हजार ०९७ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभरमा ३८ हजार ८१३ सक्रिय संक्रमित रहेका छन् । आज ५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्